ghar sansar

वडा कार्यालयबाट सहयोग मागेर कृष्णपुरको बैजनाथ बाल क्लबले अनाथालयलाई दियो खाद्यान्न र स्टेशनरी

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ बाल क्लबले समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न र स्टेशनरी समान सहयोग गरेको छ ।

कृष्णपुर नगरपालिका १ नम्बर वडा कार्यालयको सहयोगमा बाल क्लबले अनाथालयलाई सहयोग वितरण गरेको हो । अनाथालयमा हाल २१ बालक छन् ।

,orning glory badhai

बाल क्लबका उपाध्यक्ष अम्बा दत्त जोशीले अनाथालयका बालबालिकाको दैनिक आवश्यकता पूर्तिलाई सहज बनाउन खाद्य तथा अध्ययन सामग्री वितरण गरिएको बताए ।

dirghayi clinic

बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयका अनुसार, कार्यक्रममा क्लबका चार जना बालबालिका, वडा नं. १ का एक जना जनप्रतिनिधि, र एनएनएसडब्लुएका प्रतिनिधि कार्यक्रममा सहभागी भएका छन् ।

‘यो सहयोगले बालबालिकाहरूमा सामाजिक माया, आत्मबल र प्रेरणा थपेको छ’ अध्यक्ष जोशीले भने, ‘बाल क्लब मार्फत बालबालिकाले आफैँ अग्रसर भएर समाजसेवामा सहभागी हुन थालेको देखिनुले भावी पुस्तामा नेतृत्व विकासको सम्भावना उजागर भएको छ ।’

बाल क्लबका अध्यक्ष मिना धामीका अनुसार , कृष्णपुर नगरपालिका वडा नं. १ का जनप्रतिनिधिहरूले विगतदेखि नै बाल अधिकार, बाल संरक्षण र शिक्षा सम्बन्धि चासो देखाउँदै आएका छन् ।

‘ यो सहयोग पनि बालमैत्री समाज निर्माणतर्फको एक महत्वपूर्ण पाइला हो। बालमैत्री स्थानीय सरकार बनाउने उद्देश्यले गरिएको यस्तो किसिमको पहलले अन्य वडाहरू र समुदायहरूलाई पनि सकारात्मक प्रेरणा मिल्ने विश्वास लिइएको छ’ अध्यक्ष जोशीले भने ।

 

Himal dental
सम्बन्धित
Loading...