ghar sansar

पुनर्वासमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम

khasi

महेन्द्रनगर  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा बुधबार पुनर्वास नगरपालिकाको सभा कक्षमा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । पुनर्वासका मेयर तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षता गरे ।

पुनर्वासका उप मेयर भुलिया कुमारी राना विशिष्ठ अतिथि रहेको कार्यक्रममा पुनर्वासका निवर्तमान मेयर जिवनराज थापा, प्रहरी उपरीक्षक खडक बहादुर खत्री, सशस्त्र प्रहरी बल नं. ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कञ्चनपुरका उप निर्देशक प्रकाश शाह, सव डिभिजन वन कार्यालय पचकडिया परासनका प्रमुख दिनेश कुमार यादव लगायत जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी भएका छन् ।

कार्यक्रममा कृष्ण बहादुर तामाङले खुल्ला सीमा नाकाको कारण लागु औषध ओसार पसारका घटना दिन प्रति दिन बढ्दै गएकोले बिशेष रुपमा नियन्त्रण गर्नु पर्ने बताए ।

बाहिर जिल्लाबाट समेत मानिसहरु पुनर्वास नगरपालिका भित्र प्रबेश गरी लागु औषधको हप बढी भई यस क्षेत्रका जनता समेत लागु औषध कारोबारमा संलग्न हुने गरेकोले नियन्त्रण गरिनु सहभागी कञ्चन गिरीको भनाई थियो ।

dirghayi clinic

माओवादी केन्द्रका नेता राम बहादुर देउकरले पश्चिम क्षेत्रमा खुल्ला भारतीय सिमानाका भएको कारण भन्सार चोरी तस्करीका समान बढी आयत हुने गरेकोले नियन्त्रण गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा तारा प्रसाद अर्यालः पुनर्वास नगरपालिकाको मुख्य ब्यापारिक स्थल आई.बि.आर.डि बजार भएको र उक्त स्थानमा हाट बजार समेत लाग्ने भएकोले बजार अनुगमन तथा ब्यवस्थापन कार्यमा सुधार हुनु पर्नेमा जोड दिए ।

दोदा नदीमा बर्षेनी ८÷१० बिगाहा जमिन डुबानमा पर्ने भएकाले तट्बन्धको व्यावस्था हुनु पर्ने सिता खड्काले बताइन् ।
कर्ण बहादुर ऐडीले भारतीय बजारबाट अवैध कुखुरा आयत हुने गरेकोले रोक लगाउने पर्ने धारणा राखे ।

नागरिकता प्रमाण पत्र निष्पक्षका साथ उपलब्ध गरिनु पर्ने मिरा चन्दको भनाई थियो ।

धोखे रानाले पुनर्वास नगरपालिका क्षेत्र भित्र अधिकाँश जनता कृषि पेशामा आधारित भएको र यस क्षेत्रको मुख्य ब्यापारिक केन्द्र धनगढी भएकोले कृषि उत्पादन गरेका पशुपंक्षी, खाद्यान्न बस्तुको निर्यातमा सहज ब्यवस्थापन गर्नु पर्ने र गाउबस्ती ,टोलहरुमा हेल्थ प्रोग्राम, लागु औषध नियन्त्रण प्रोग्राम, कृषि प्रोग्राम जास्ता कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।

 

Himal dental
सम्बन्धित
Loading...