ghar sansar

एसईई उत्कृष्ठ विद्यार्थीलाई एन प्याब्सन कञ्चनपुरको सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएन (एन प्याब्सन) कञ्चनपुरले माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कुष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

भीमदत्त नगरपालिकाको सभा कक्षमा कार्यक्रम २०८१ को एसइई परीक्षामा ३ दशलदव ६ देखि ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान गरिएको छ ।

,orning glory badhai

एन प्याब्सन आवद्ध २३ का विद्यालयका १ सय ४९ बिद्यार्थीले उत्कृष्ठ नतिा ल्याएका छन् । उनीहरु सबै सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षता एन प्याब्सन अध्यक्ष सत्येश बहादुर चन्द गरे ।

dirghayi clinic

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पमदराज अवस्थी, सामाजिक समितिका संयोजक सुशिल कुमार भट्ट, भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरि दत्त जोशी, एन प्याब्सन केन्द्रीय सल्लाहकारद्वय डा. भोज राज पन्त र प्रकाश पाण्डेय कार्यक्रममा विशिष्ठ अतिथि थिए ।

विद्यार्थी, अभिभावक, शिक्षक सहभागी कार्यक्रमको सञ्चालन एन प्याब्सन सचिव कुबेर खड्का गरे । कार्यक्रममा एन प्याब्सनका बरिष्ठ उपाध्यक्ष बलदेव भट्टले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बोगटीले विद्यार्थीहरुलार्ए सम्मान पत्र प्रदान गरी सम्मान गरे । विद्यार्थीसंग विद्यालयलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।

एन प्याब्सन सह सचिव सुरेन्द्रराज जोशीले एन प्याब्सनले उत्कृष्ठ बर्सेनी विद्यार्थीहरुलाई सम्मान गर्र्दै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...