ghar sansar

एसईईमा संस्कृतिका शत प्रतिशत पास

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएका छन् ।

dirghayi clinic

दशरथचन्द नगरपालिका वडा नम्बर–६ स्थित विद्यालयबाट १३ जना विद्यार्थीले परीक्षा दिएकामा सबै पास भएको प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए। प्राविधिक समस्याका कारण सुरूमा विद्यालयको नतिजा शून्य देखिएको थियो ।

,orning glory badhai

सुरूमा विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषयमा अनुपस्थित देखाइएको थियो । तर विद्यालयमा भने सामाजिक अध्ययनको सट्टा संस्कृत विषय अध्यापन हुने गरेको प्रधानाध्यापक उपाध्यायले बताए ।

प्राविधिक समस्याले विद्यार्थीको नतिजा शून्य आएको थियो । र परीक्षा नै नदिएको विषयमा अनुपस्थित देखाएपछि आवश्यक प्रक्रिया मिलाएर विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो । परीक्षा नियन्त्रण कार्यालयले विद्यालयको अनुरोधमा प्राविधिक समस्या हल गरेपछि पुनः नतिजा सार्वजनिक गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...