

महेन्द्रनगर । कृष्णपुर नगरपालिका – ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट सम्पर्क विहीन भएका छन् । सोमबार बिहान घरबाट गजरौला बजार आएका आयुष सम्पर्क विहीन भएका हुन ।

बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार आएका उनी त्यहीबाट सम्पर्क विहीन भएको उनका दाइ भुवन भट्टले बताए ।
उनले खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको बताए । आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बरमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।
कृष्णपुर न पा ६ मौरीफांटा बस्ने माधबी भट्ट को छोरा बर्ष १४ को कक्षा ८ मा पढने साउन ४ गते लगभग बिहान ६ बजेतिर घरबाट पाइन्ट ल्याउन छु भनी घर बाट हिडेको हुँदा घर परिवारको सम्पर्क मा नरहेकोले जोकोहीले देखेको खण्डमा कृपया ९८४८४४६५३८ अथवा ९७६५५३७९९५ नम्बर मा सम्पर्क गरिदिनहुन अनुरोध गर्दछौ ।
