

महेन्द्रनगर । प्रहरी चौकी परासनले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका ११ डोकेबजारबाट कैलालीको धनगढी उपमहानगरपालिका १४का हेमराज भट्ट, धनगढी उपमहागर ३ का किरन साउँद र कञ्चनपुर पुनर्वास ११ भिमबस्तीका निशान्त ढकाललाई लुकाई छिपाई गरी राखेको १ ग्राम तीन सय ९० मिलिगाम खैरोहेरोईन सहित पक्राउ गरिएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
