

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि सदस्य चयन भएका छन् । शुक्रबार विद्यालयका शिक्षक ज्ञानु प्रसाद बोहरा शिक्षक प्रतिनिधि चयन भएका छन् ।

समितिको चार सदस्य यस अघि अभिभावक भेलाबाट चयन भई सकेका छन् । शिक्षक प्रतिनिधि चयन भएपछि बैजनाथमा व्यवस्थापन समिति अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने भएको छ ।

अभिभावक भेलाबाट चार र शिक्षक प्रतिनिध सहित सदस्यले समाजसेवी वा विद्यालयका चन्दादातामध्येबाट दुई सदस्य मनोनित गरेपछि उनीहरुबाट अध्यक्ष चयन हुने व्यवस्था छ ।
समितिका अध्यक्ष अच्युतराज कलौनीको गत वर्ष निधन भएपछि नयाँ समिति चयन अघि बढेको हो । यसैबीच शिक्षक प्रतिनिधि खगराज पन्त चयन भएका छन ।

