ghar sansar

विद्युतको पोलमा मोटरसाइकल ठोकिएर दोधारा चाँदनीमा एकको मृत्यु, अर्का गम्भीर

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ७ कञ्चंभोजमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् ।

dirghayi clinic

युके जिरो ३ ए १४६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किँदा दोधारा चाँदनी–६ का तारा थापाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक दोधारा चाँदनी–७ का २८ वर्षीय सत्यम ठाकुर गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि दुवै जनालाई तत्काल दोधारा चाँदनी नगर अस्पताल पु¥याइएको थियो । अस्पतालले तारा थापालाई मृत घोषित गरेको हो भने गम्भीर अवस्थाका ठाकुरलाई थप उपचारका लागि भारतको खटिमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको दोधारा चाँदनी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...