ghar sansar

डेलिगेसनपछि अधुरो विद्युत सव स्टेशन निर्माण अघि बढ्ने

khasi

धनबहादुर बिक
पुनर्वास । पुनर्वासमा निर्माणधिन ३३ केभीए विद्युत स्टेशनको बाँकी रहेको प्राविधिक कार्य पूरा गरी छिटै सञ्चालनमा ल्याईने नेपाल विद्युुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।

सोमबार प्राधिकरण प्रदेश कार्यालय प्रमुख जंगबहादुर चन्द ले पुनर्वास मा निर्माण हुँदै गरेको सबस्टेशन निर्माणस्थलको अवलोकन गर्दै छिटै सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चन्दका अनुसार सब स्टेशन निर्माणको ठेकेदार कम्पनी आरके ईन्टरप्राईजेजले बिचमै काम अधुरो छोडेर धोका दिएका कारण अधुरो रहन गएको बताए । आगामी असोज मसान्तभित्र पुन नयाँ टेण्डर गरि चालू आर्थिक बर्ष भित्रै बाँकी रहेको कार्य अन्तर्गत फिडर, ट्रान्सफर्मर लगायतका उपकरण जडान गरी सबस्टेशन सञ्चालनमा ल्याईने प्रदेश प्राधिकरण कार्यालय प्रमुख चन्दले बताए ।

‘अहिलेसम्म जे जसरी समस्या झेल्नु भयो तर अबको एक बर्षभित्रै विद्युत समस्या समाधान तर्फ लाग्छौ’ चन्दले भने । कार्यालय प्रमुख चन्दले केही दिनदेखि पुनर्वासमा उत्पन्न हुँदै आएको विद्युत आपूर्ति समस्यामा समेत सुधार गरिने प्रतिबद्धता गरेका छन् ।

dirghayi clinic

पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीको सहजीकरण गरेको तथा संघका महासचिव दाउत तामाङ, कोषाध्यक्ष देवी भट्टको सहभागी उक्त अवलोकनमा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाका कार्यालय प्रमुख जंग बहादुर चन्द, बेलौरी विरतण प्रमुख टंक राज गिरी, प्रादेशिक कार्यालय सहायक प्रबन्धक दिपक जंग चौधरीको बेलौरी सह प्रसाशक अधिकृत नरेश बहादुर सिंह पुनर्वास वितरण केन्द्र कृष्ण साउद लगायत रहेका थिए ।

पुनर्वासमा निर्माणधिन अधुरो विद्युत सबस्टेशन कार्य पूरा गरिनु पर्ने माग सहित आईतवार पुनर्वासका सरोकारवाला टिम नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय, अत्तरीया पुगि दबाब दिए पश्च्यात डेलिगेशनको प्रभावले प्राधिकरणको पिशिष्ट टोलीले पुनर्वासको सबस्टेशन निर्माण कार्य स्थलमै आई अवलोकन गरेको हो ।

पुनर्वास उधोग बाणिज्य संघको आयोजना तथा पुनर्वास उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझी को नेतृत्व एबं पुनर्वास उद्योग बाणिज्य संघ संस्थापक अध्यक्ष बिश्वनाथ बिष्ट को संयोजक मा विभिन्न सरोकारवाला संघ संस्था , राजनिती दलका कार्यकर्ता , समाजसेवी , बुद्धिजीवी उधोगि व्यापारी सहितको जम्बो टिमले आईतवार उल्लेखित माग सहित नेपाल विद्युुत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियामा पुगेका थिए ।

पछिल्लो समय पुनर्वासीले खेप्दै आउनुपरेको बिधुत अनियमित समस्याले विचलित हुनु परेको बिषय अवगत गराउदै पुनर्वास मा निर्माणधिन ३३ केभीए हाईटेन्सन लाईन यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने टोलिले माग गरेको थियो ।

पुनर्वास नगरपालिका वडा नं.६ मा नेपाल विद्युत प्राधिकरणको नाममा दर्ता कायम करिब आठ कट्टा जमिनमा पुनर्वासको लागि विद्युत सबस्टेशन स्थापना गरि सञ्चालन गर्ने उद्देश्यका साथ आ.व. ०७८÷०७९ मा अफिस घर निर्माण, कम्पाउण्ड तथा घेरावार लगायत भौतिक संरचना निर्माण भई सकेको र बेलौरी वितरण केन्द्रबाट ३३ के.भी.ए. हाइटेन्सन लाइन विस्तार भइसकेको साथै आ.व. ०८१÷०८२ मा अत्तरीया, धनगढी हुँदै पुनर्वास सबस्टेशन सम्म पनि ३३ के.भी.ए. हाइटेन्सन लाइन विस्तारको काम समेत सम्पन्न भइसकेको अवस्थामा ढिलो नगरि छिटोभन्दा छिटो सुचारू हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...