ghar sansar

एफयुको स्ववियु निर्वाचनले माओवादीमा मारामार

khasi

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनले माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीमा मारामार भएको छ ।

आइतबार माओवादी केन्द्रको पार्टी कार्यालयमा विद्यार्थी नेताहरुबीच अनौपचारिक छलफलमा विवाद भएर कुटपिटसम्म पुगेको छ । कुटपिटबाट क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन् ।

उनको टाउको सात टाँका लगाइएको छ । क्रान्तिकारीका नेताहरु अनुसार भट्टको शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
भट्ट क्रान्तिकारीको केन्द्रीय उप महासचिव छन् । उनी क्रान्तिकारीको २२ आंै राष्ट्रिय महाधिवेशनबाट गत वर्ष उप महासचिव निर्वाचित भएका हुन् ।

क्रान्तिकारीले त्यसपछि उप महासचिव निर्वाचित भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको हो । सुदूरपश्चिम विश्वविद्याल केन्द्रीय क्याम्पसमा साउन १४ गते स्ववियु निर्वाचन मिति घोषणा गरिएको थियो ।

त्यस अनुसार विश्वविद्यालयले निर्वाचन समिति बनाएर प्रक्रिया अघि बढायो । साउन २ गते संगठन दर्ता गरी अघि बढेको स्ववियु निर्वाचन प्रक्रिया उम्मेदवारी दर्ताका दिन विद्यार्थी संगठनबीच झडप भएर अनिश्चित भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार अनौपचारिक छलफलमा क्रान्तिकारीका पूर्व जिल्ला अध्यक्ष भुवन सिह विष्टलाई स्ववियु निर्वाचनमा असहयोग गरेको विषय उठ्यो ।

निर्वाचनलाई लिएर विष्टको मोबाइल नम्बर सहितको विज्ञप्ति सामाजिक सञ्जालमा आएपछि उनले आफू स्ववियु निर्वाचनको पक्षमा भएको विज्ञप्ति सार्वजनिक गरेका थिए । आइतबार छलफलमा यहीं विषय छलफलमा उठेपछि नेताहरुबीच विवाद उब्जियो ।

त्यसपछि प्रदेश इन्चार्ज र क्रान्तिकारीका पूर्व अध्यक्ष विष्टबीच विवाद भयो । दुई जना बिचको विवाद हल गर्न सहभागी नेताहरुले प्रयास गरे । विवाद हल हुन नसकेर कुटपिटसम्म पुग्यो ।

dirghayi clinic

क्रान्तिकारीका पूर्व अध्यक्ष विष्टले प्रदेश इन्चार्ज भट्टमाथि ढुङ्गा प्रहार गरे । ढुङ्गा प्रहारबाट घाइते भट्ट भुईमा लडेका भिडियोमा देखिएको छ ।

भिडियोमा अब मरे भन्ने आवाज सुनिएको छ । कुटपिटको भिडियो केही समयपछि सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले स्ववियु निर्वाचनको विषयलाई लिएर भएको अनौचारिक छलफलका क्रममा विष्टले प्रदेश इन्चार्ज भट्टमाथि ढुङगा प्रहार गरेको बताए । टाउको चोट लागेका भट्टलाई तत्काल धनगढीको माया मेट्रो हस्पिटलमा लगिएको थियो ।

विद्यार्थी नेताहरुका अनुसार उनी अझै खतरा छन् । टाउको चोटका कारण गम्भीर अवस्था भएको नेताहरु बताउँछन् ।

भट्टमाथि प्रहारपछि विष्ट पनि महाकाली प्रादेशिक अस्पताल पुगेका थिए । प्रहरीले उनलाई अस्पतालमा नियन्त्रण लिएको थियो । विष्टले प्रहरीलाई आफ्नो टाउकोमा चोट लागेको भन्दै उपचारका लागि माग अघि सारेका छन् । टाउकाको सिटी स्केन गर्नुपर्ने माग अघि सारेका हुन ।

अखिल क्रान्तिकारीका कञ्चनपुर इन्चार्ज डम्बर कुँबरले भट्ट र विष्टको झगडा स्ववियु निर्वाचन र संगठनसित सम्बन्धित नभएको बताए । ‘यो वहाँहरु दुई जनाबीचको आपशी विवाद हो’ उनले भने ।

नेताहरुका अनुसार क्रान्तिकारीको २२ औं राष्टिय महाधिवेशनपछि उनीहरुबीच आपशी वैमनस्यता बढेको थियो ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरले पाटी नगर सदस्य समेत रहेका अखिल क्रान्तिकारी नेता विष्टलाई कारवाही गरेको छ ।

माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय र जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले सयुक्त हस्ताक्षरित गरिएको कार्बाही पत्रमा पाटी भीमदत्त नगरका सदस्य भुवन विष्टले पाटी भित्र र बाहिर अनुसाशन हिन कार्य गरेको र पटक पटक मौखिक रुपमा सजक गराएर पनि फेरी ११साउनमा क्रान्तिकारी प्रदेश इन्चार्ज रामचन्द्र माथि मरणाशन्न हुने गरेर कुटपिट गरेको भन्दै विष्टलाई पाटीको साधारण सदस्य समेत नरहनेगरी कार्बाही गरेको जनाएका छ । अराजक गतिबिधी गर्ने विष्टलाई कानुनी कार्बाहीको माग अघि सारेकोे छ ।

Himal dental
सम्बन्धित
Loading...