ghar sansar

कञ्चनपुर जिल्ला अदालतको फैसलापछि ९२ जना पीडितले पाए २२ लाख बढी क्षतिपूर्ति

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला अदालत कञ्चनपुरको फैसलापछि विभिन्न मुद्दामा ९२ जना पीडितले क्षतिपूर्ति पाएका छन् । अदालतको अन्तिम फैसलापछि विभिन्न कसुरजन्य अपराधमा ५१ लाख ६३ हजार क्षतिपूर्ति रकम तोकिएको थियो ।

यो क्षतिपूर्ति रकम एक सय ४१ जना पीडितका लागि तोकिएको हो । पीडकबाट २८ लाख ७१ हजार क्षतिपूर्ति रकम क्षतिपूर्ति रकम अशुल गरी ९२ जनालाई २२ लाख ९२ हजार क्षतिपूर्ति रकम दिइएको छ ।

,orning glory badhai

अदालतमा ४९ मुद्दाका पीडितले क्षतिपूर्ति रकम पाउन बाँकी छ । अदालतले पीडित राहत कोष र पीडकबाट अशुल उपर गरी पीडितलाई क्षतिपूर्ति रकम दिने व्यवस्था छ ।

dirghayi clinic

अदालतले पीडकबाट अशुल गरिएको क्षतिपूर्ति रकम पीडितलाई उपलब्ध गराएको छ । जिल्ला अदालत कञ्चनपुरले आर्थिक वर्ष २०८१÷०८२ मा यो क्षतिपूर्ति रकम दिएको हो ।

अदालतले पत्रकार सम्मेलन गरी गत वर्षको कार्य सम्पादन सार्वजनिक गरेको थियो ।

जिल्ला अदालतमा गत वर्ष दुई हजार तीन सय ५० मुद्दा दर्ता भएकोमा एक हजार ६ सय ४५ फछ्र्र्याैट भएको वार्षिक प्रगति प्रतिवेदमा उल्लेख गरिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले अन्तिम फैसला अनुसार भरी पाउने क्षतिपूर्ति वापतको रकम पीडितले पाएको जानकारी दिए ।

 

 

Himal dental
सम्बन्धित
Loading...