
आफूलाई भ्रष्टाचारी भनेपछि आफ्नै नगरका निमित्त हेडसर विरुद्ध कृष्णपुरका मेयरले दिए साइबर अपराधमा उजुरी


महेन्द्रनगर । कृष्णपुरका मेयर हेमराज ओझाले आफ्नै नगरका शिक्षक विरुद्ध दिएको साइबर अपराध सम्बन्धि उजुरीमा सहमति हुन लागेको छ ।
मेयर ओझाले आफूलाई विना प्रमाण बदमान गराउन खोजेको भन्दै कष्णपुर नगरपालिका–८ स्थित विणा माध्यमिक विद्यालयका शिक्षक निमित्त प्रधानाध्यापक त्रिलोक जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधमा उजुरी दिएका थिए ।

निमित्त प्रधानाध्यापक जोशीले मेयर ओझालाई भ्रष्टाचारी भन्दै सामाजिक सञ्जालमा लाञ्छना लगाएर स्टाटश लेखेका थिए ।
त्यही स्टाटशले आफ्नो बदनाम भएको भन्दै मेयर जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
मेयरको उजुरीपछि प्रहरीले निमित्त प्रधानाध्यापक जोशीलाई प्रहरीले मंगलबार सोधपुछका लागि बोलाएको थियो । त्यसैगरी प्रहरीले मेयर ओझालाई पनि बोलाएको थियो ।
मेयर ओझाले आफू धनगढी जानु पर्ने भएकाले प्रहरी कार्यालय आउन नसक्ने प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले कुराकानीको क्रममा मेयर ओझाले जोशीले स्टाटश डिलिट गरि सकेकाले सहमति गर्न सकिने जानकारी गराएको बताए ।
‘वहाँले लेखेको कुरा डिलिट गरि सक्नु भएको छ, अब यसलाई सहमति गरी अघि बढौ भन्ने मेयर सापको कुरा रह्यो’ उनले भने,‘अब यो लगभग भोलि टुङ्गिन्छ ।’
प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक र मेयर ओझाबीच फोनमा साइबर अपराधको उजुरी सम्बन्धि कुराकानी भएपछि सहमति हुने अवस्था आएको हो ।
मेयर ओझाले बिना प्रमाण आफूलाई बदनाम गराउन खोजेको भन्दैँ साईबर अपराधमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।
शिक्षक ओझालाई बुधबार फेरि प्रहरी कार्यालय बोलाइएको छ । उनलाई बुधबार प्रहरी कार्यालय हाजिर हुन भनिएको छ । मेयर ओझालाई प्रहरी कार्यालय बोलाएको छैन ।
काँग्रेस कञ्चनपुरका सचिव ओझा २०७९ को निर्वाचनमा मेयर निर्वाचित भएका हुन् ।
कृष्णपुरमा मेयर ओझाले चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान सञ्चालन गरेका थिए ।
सर्वोच्च अदालतले उनको शैक्षिक गुणस्तर अभियानलाई धक्का लगाएको छ ।
