ghar sansar

सुदूरपश्चिमका डिआइजी बिकले बेलौरी पुगेर लिए सीमा क्षेत्रको शान्ति सुरक्षाबारे जानकारी

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विकले सीमा क्षेत्रको शान्ति सुरक्षाबारे जानकारी लिएका छन् ।

बेलौरी पुगेर प्रदेश प्रहरी प्रमुख विकले सीमा क्षेत्रका जनप्रतिनिधि, स्थानीयसित शान्ति सुरक्षा, लागु औषध, सीमा क्षेत्रका समस्या लगायत समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गरेका छन् ।

,orning glory badhai

स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले उक्त कार्यक्रमको आयोजनाले भारतीय सीमा नाकामा हुने ठगी, आपराधिक घटना, लागू औषध, भन्सार छली कार्य नियन्त्रणका लागि सहज हुने बताउँदै बालबालिकाहरु पनि लागू औषधको कुलतमा फसेको देखिएको उल्लेख गरे ।

उनले बैंकिङ्ग कसुरका घटना, घरेलु हिंसा, लैङ्गिक हिंसाका घटनाहरुमा अनुसन्धान गरिरहेको बताए । कार्यक्रममा बेलौरी नगरपालिका नगर उप प्रमुख जोगराम चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख रामकुमारी राना, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी, बेलौरी, पुनर्वास र बेलडाँडीका विभिन्न वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि सहभागी भएका छन् ।

कार्यक्रममा बेलौरी नगरपालिका २ का वडा अध्यक्ष कलबिर चौधरीले प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको प्रहरी खटाउनु पर्ने बताउँदै बजार क्षेत्रमा प्रहरी बिट र बेलौरी नगरपालिका वडा नम्बर ३ मा प्रहरी चौकी स्थापनाका पहल गर्न आग्रह गरे ।

बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष इन्द्र खड्काले पूर्ण रुपमा खुल्ला सीमालाई सहजता गराउनका लागि प्रहरी आवश्यक सहयोगले चोरी, तस्करी लगायतका घट्नामा कमी आउने बताए ।

बेलौरी नगरपालिका ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले देशका कर्णधारका रुपमा रहेका बालबालिकामा लागू औषधका घट्नाले भयावह अवस्था आइरहेको उल्लेख गर्दै खुल्ला सीमामा कडाई गर्नुपर्नेमा जोड दिए ।

dirghayi clinic

पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामाले कार्वाहीका प्रकिया गर्नुभन्दा पहिला गाउँ गाउँ बस्तीमा सचेतना कार्यक्रमको आयोजना गर्न सके लागू औषधका घटना न्यूनीकरण हुने बताए ।

पुनर्वास नगरपालिका ४ का वडाध्यक्ष मनोज जैशीले आफ्नो वडामा खुल्ला सीमामा धैरै बाटोहरू भएकाले यस्ता घटनाहरु बढेको बताउँदै एउटै बाटो प्रयोगका लागि पहल गर्न सके प्रभावकारी हुने बताए ।

कार्यक्रममा वडा अध्यक्ष भोजराज चौधरीले आफ्नो वडामा लागू औषधको घट्नाहरु बढ्दो क्रममा रहेकोमा जिज्ञासा राख्दै भन्सार क्षेत्रमा कडाई गर्नुपर्ने उल्लेख गरे ।

अभियान्ता धर्मेन्द्र गिरीले लागू औषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बताउँदै लागू औषध नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए । अभिवावकले आ आफ्ना बालबालिकालाई कुलतबाट बचाउन कडाई गर्नुपर्ने समेत बताए ।

जिल्ला समन्वय समितिका उप सभापति रानाले गाउँ बस्ती स्तरमा लागू औषधको विषयमा जनचेतना जगाउनका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।

बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले जिल्ला प्रहरी कार्यालयको आयोजनामा महत्वपूर्ण कार्यक्रम गरिएकोमा धन्यवाद दिँदै लागु औषधका घट्नामा कमी ल्याउन हामी सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न सके सजिलै कमी आउने बताइन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी विकले लागुऔषध नियन्त्रण र शान्ति सुरक्षाको उचित व्यवस्थापन अहिले नेपाल प्रहरीको प्राथमिकताको विषय बनेको उल्लेख गर्दै लागू औषध जस्तो गम्भीर समस्यालाई प्रहरी एक्लैले सहजै नियन्त्रण गर्न नसक्ने बताए । ‘यो कार्यक्रममा उठेका विषय वस्तुलाई सम्बोधनका लागि माथिल्लो निकायमा पठाउने छौ’ उनले भने ।

कार्यक्रम समापन गर्र्दै बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगराम चौधरीले लागू औषध बिरुद्दको महाअभियान कार्यक्रमबाट बेलौरी क्षेत्रमा सुरु गरिएको अभियानको दौरानमा घट्नामा केही आएपनि निरन्तरता दिन नसक्दा पछिल्लो समयमा यस्ता बिस्तारै बढ्दै गइरहेको बताउँदै हामी सबैले आफ्नो ठाउँबाट लागे सहजै नियन्त्रणमा लिन सकिने बताए ।

इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले कार्यक्रम सहजीकरण गरे ।

 

Himal dental
सम्बन्धित
Loading...