ghar sansar

टाउकोमा ढुङ्गा प्रहारले गम्भीर घाइते क्रान्तिकारीका सुदूरपश्चिम इन्चार्ज भट्टको स्वास्थ्य सुधार हुँदै, माओवादी अध्यक्ष प्रचण्डले अस्पताल पुगेर भेटे

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार माओवादी केन्द्र कञ्चनपुरको पार्टी कार्यालयमा क्रान्तिकारीका नेताहरुबीच विवाद हुँदा भट्टको टाउको ढुङ्गा प्रहार गरिएको थियो । टाउकोमा प्रहारपछि गम्भीर घाइते भट्ट उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका छन् ।

,orning glory badhai
dirghayi clinic

माओवादी अध्यक्ष प्रचण्डले भट्टलाई अस्पताल पुगेर भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको क्रान्तिकारीका कञ्चनपुर इन्चार्ज डम्बर कुन्बरले जानकारी दिए ।

अध्यक्ष दाहालले भट्टको स्वास्थ्य लाभको कामना समेत गरे ।

क्रान्तिकारीका कञ्चनपुर इन्चार्ज कुँबरले भट्टको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताए ।

आइतबार घाइते भएपछि कैलालीको धनगढीस्थित माया मेट्रो हस्पिटल भर्ना गरिएका उनलाई उप उपचारका लागि काठमाडौं लगिएको हो ।

Himal dental
सम्बन्धित
Loading...