

महेन्द्रनगर । कैलालीको धनगढीस्थित कमल रेस्टुरेन्ट एण्ड बारका सञ्चालक कमल राना र कमला राना दम्पत्तिले छोराको जन्म दिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पत्तिले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।

भीमदत्त नगरपालिका–५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पत्तिले छोराको जन्म दिनको अवसरमा चामल, दाल, फलफुल लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह संयोजक बासुदेव भट्टले बताए ।
सह–संयोजक भट्टले परिवार गायत्री भट्टको पनि शुक्रबार परेको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गरिएको बताए ।
