ghar sansar

चित्तलले कृष्णपुरका मेयर बेचैन, पत्रकार सम्मेलन गरी दिए प्रष्टीकरण

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले घाइते अवस्थामा भेटिएको चित्तललाई उद्धार गरी नगरपालिका कार्यालय परिसरमा राखिएको पत्रकार सम्मेलन प्रष्टीकरण दिएका छन् ।

स्थानीयले घाइते अवस्थामा भेटेको चित्तलबारे नगरपालिकालाई जानकारी गराएपछि कार्यालयमा ल्याएर भइरहेको पत्रकार सम्मेलनमा मेयर ओझाले बताएका हुन् ।

,orning glory badhai

‘स्थानीयले भेटेको चित्तल ल्याएर नगरपालिकामा राखेको हुँ, शनिबार महेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘मैले डिएफओलाई पनि पटक पटक मौखिक रुपमा जानकारी गराइसकेको थिए ।’

कृष्णपुर नगरपालिका ७ गडयापट्टीबाट एक वर्षअघि घाइते अवस्थामा चित्तलको उद्धार गरिएको थियो । नगरपालिका कार्यालयमा खोर बनाएर चित्तल राखिएका छन् । अहिले ती चित्तलको अवस्था सुधार भएको नगरपालिकाको भनाई छ ।

dirghayi clinic

चित्तलको स्याहार सुस्सार गर्न कर्मचारी नराखिएको उनको दाबी छ। छाडा चौपायाको समस्याको दीगो समाधानका लागि नगरपालिका सक्रिय रहेको नगर प्रमुख ओझाले बताए। नगरका ४ स्थानमा गौशला निर्माण गरेर चौपाया व्यवस्थापन गरिएको छ ।

‘१५ सय गाई हाम्रो नेटवर्किङमा छन्। चारो लगायतमा न्यूनतम खर्च गरेर चौपाया व्यवस्थापनामा लागेका छौँ,’ नगर प्रमुख ओझाले भने, ‘यो समस्या समाधान गर्न निकै चुनौतीपूर्ण छ ।’

प्रदेश सरकारले गौशाला निर्माणमा सहयोग गरेको उनले बताए । निगाली, गणबिजला, वनहरा लगायत स्थानमा गौशला निर्माण गरेर चौपाया व्यवस्थापन गरिएको छ ।

नगरपालिकाले राम्रो काम गर्दा पनि एकपछि अर्को मुद्दा झेल्नु परेको मेयर ओझाले गुनासो गरे। ‘हरेक निर्णयमा मुद्दामामिला गरेर काम गर्ने स्प्रीडलाई रोक्न खोजिएको छ । कर्मचारीको स्प्रिडलाई अवरोध गर्न दबाब सृजना खोजिएको छ, तर हामी विचलित छैनौँ,’ उनले भने, ‘जनताका पक्षमा समृद्ध नगर बनाउने संकल्पमा दृढ छौं ।’

काँग्रेस कञ्चनपुरका सचिव ओझा २०७९ को स्थानीय तह निर्वाचनबाट कृष्णपुरको मेयर निर्वाचित भएका हुन् । मेयर ओझा पछिल्लो पटक चित्तल, शिक्षक दरबन्दी मिलान, सार्वजनिक पद धारण व्यक्तिका सन्ततिले अनिवार्य सामुदायिक विद्यालय पढ्नु पर्ने निर्णय लगायतका विषयमा विवादमा मुछिएका छन् ।

मेयर निर्वाचित भएपछि ओझाले पहिलो पटक सदरमुकाम महेन्द्रनगर आएर पत्रकार सम्मेलन गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...