ghar sansar

सम्झनाको शव अझै अस्पतालमा, श्रीमान, सासु र ससुरा प्रहरी खोरमा

little buddha academy
khasi

महेन्द्रनगर । घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान सहित सासु र ससुरालाई पक्राउ गरेको छ ।

बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

,orning glory badhai

सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो। त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए ।

dirghayi clinic

“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक बोहराले भने । उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बेलडाँडी–२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्।

सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ। सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए ।

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो ।

त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Himal dental
सम्बन्धित
Loading...