

महेन्द्रनगर । बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट कार्यालयलाई जानकारी नदिई विदेश भ्रमणमा जाने मेयर भोजराज बोहराको सचिवालयका कर्मचारीलाई कारवाही गर्न डराएका छन् ।
कार्यालयबाट विदा नलिई थाइलैण्ड भ्रमण गरी कार्यालय फर्किए पनि सचिवालयका कर्मचारी प्रकाश कलौनीलाई प्रमुख प्रशासकीय अधिकृत भट्टलेसम्म हालसम्म समान्य सोधपुछ समेत गर्न सकेका र्छैननन् ।

मेयरको सचिवालयको कर्मचारी भएकाले कलौनीलाई सोधपुछ गर्न समेत प्रमुख प्रशासकीय अधिकृत भट्ट डराएका छन् । नगरपालिकाका कर्मचारीले कार्यालय प्रमुखलाई निवेदन दिएर विदा स्वीकृत गरेर मात्रै विदा बस्ने पाउने गर्छन् । सचिवालयका कर्मचारी कलौनी कार्यालय प्रमुखलाई विदाको निवदेन समेत नदिईए थाइलैण्ड भ्रमणमा निस्केका थिए ।
सचिवालयका कर्मचारी कलौनी नगरपालिकाको खरिद स्तरको सहायक अपरेटर पदमा करार सेवाका कर्मचारी हुन् । बेदकाट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दको सचिवालयमा रहेका उनलाई वर्तमान मेयर बोहराले पनि निरन्तरता दिएका छन् । मेयर चन्दको पालामा उनलाई करार सेवाको सहायक कम्प्यटुर अपरेटर पदमा नियुक्त गरिएको थियो ।
बेदकोट नगरपालिका कार्यालयका सूचना अधिकारी केशबदत्त भट्टले कार्यालय प्रमुखले यसबारे सोधे नसोधेको बारेमा जानकारी नभएको बताए । ‘यो हाकिम सापको कुरो, वहाँले सोध्नु भयो कि भएन, जानकारी भएन’ सूचना अधिकारी भट्टले भने ।
कार्यालय प्रमुख भट्टले केही दिन अघि कलौनीको भ्रमणबारे आफूलाई निवेदन नआएको बताएका थिए । उनले व्यक्तिगत रुपमा भने कलौनीले आफू विदेश भ्रमणमा जान लागेको बताएको कार्यालय प्रमुख भट्टको भनाई थियो ।

कार्यालयका कर्मचारीले आकस्मिक काम बाहेक अन्य सबैमा कार्यालयबाट विदा स्वीकृत गराएर मात्रै विदा बस्नु पर्र्ने नियम छ । मेयरका सचिवालयमा भएका कारण कलौनी नियम विपरित विदा बसेर विदेश भ्रमण गएका हुन् ।
कार्यालय प्रमुखले विदा स्वीकृत गरेपछि निवेदन निवेदन प्रशासन शाखामा आउने गरेको छ । बेदकोटमा झण्डै डेढ सय कर्मचारी कार्यरत छन् । करार सेवाका कर्मचारीको मनोमानीमा कार्यालय प्रमुख समेत डराएपछि अन्य कर्मचारी आश्चर्य मान्न थालेका छन् ।
बेदकोट नगरपालिकाका सूचना अधिकारी केशवदत्त भट्टले कुनै पनि कर्मचारीले विदा लिएर मात्रै कार्यालय बाहिर जान सक्ने बताए ।
‘कर्मचारीले दुई किसिम विदा पाउँछन्, त्यसमा कही क्याजुअली अर्थात आकस्मिक हुन्छ, त्यसमा कुनै कर्मचारी कार्यालयलाई जानकारी नदिई पनि जान सक्छन्, कार्यालय फर्केपछि निवेदन दिएर विदा स्वीकृत गर्न सकिन्छ’ उनले भने,‘त्यस बाहेक अरु अवस्थामा कार्यालय प्रमुखलाई निवेदन दिएर स्वीकृत भए मात्रै विदा बस्न पाउँछन् ।’
कलौनीले आफू थाइलैण्ड प्रस्थान गरेको र थाइलैण्ड अवतरण भएको जानकारी सामाजिक सञ्जालबाट गराएका थिए । उनले भ्रमणको अवसर जुटाई दिएकोमा दुई जनाको नाम लेखेर फेसबुकबाट आभार व्यक्त गरेका थिए ।
नगरपालिकामा ज्यालादारीमा कृषि सहजकर्ताबाट प्रवेश गरेका उनी कार्यपालिकाको निर्णयबाट करार नियुक्त गरिएका हुन् । निवर्तमान मेयर चन्दको कार्यकालको अन्त्यतिर उनलाई ा सहायक कम्प्यटर अपरेटरमा नियुक्त गर्ने निर्णय गरिएको थियो ।
चन्द एमालेबाट मेयरमा निर्वाचित भएका थिए । अहिले काँग्रेसका बोहरा मेयर छन् । काँग्रेस संस्थापन इतर समूहका बोहरा कलौनीलाई सचिवालयमा निरन्तरता दिएपछि पार्टीभित्र आलोचित छन् । बेदकोट काँग्रेसको नगर समिति कलौनीको सचिलावाल निरन्तरतालाई दिएर असन्तुष्ट छ ।
मेयर बोहरा पार्टीको असन्तुष्टिका बाबजुद कलौनीलाई सचिवालयमा निरन्तरता दिने अडान लिएर बसेका छन् । काँग्रेसको नगर कार्यपालिका सदस्यले समेत कलौनीलाई लिएर मेयर बोहरासित असन्तुष्टि पोखि सकेका छन् ।

