

महेन्द्रनगर । महाकाली नदीमा आईतबार दिउँसो बगेर बेपत्ता भएका दुई जना बालिका अबेर साँझसम्म पनि फेला परेका छैनन् ।
भीमदत्त नगरपालिका–११ भुजेलास्थित जनता आधारभूत बिद्यालय नजिकै महाकाली नदीमा नुहाउन गएका दुई जना बालिका दिउँसो करिब २ बजे बगेर बेपत्ता भएका थिए ।


भीमदत्त नगरपालिका–११ का नवि पन्त र जीविका पन्त नुहाउने क्रममा महाकालीले बगाएर बेपत्ता भएका हुन । उनीहरु दुबै सात वर्षका छन् ।
नदीले एक घरका दुई बालिका बगाएको खबर पाए लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले तत्काल खोजतलास थालेका थिए ।
साँझ साडे ७ बजेसम्म पनि ती बालिकाको अवस्था पत्ता लाग्न नसकेको नेपाल प्रहरीबाट खोजतलास कमाण्डरका रुपमा खटाईएका ईलाका प्रहरी कार्यालय गड्डाचौकीका वरिष्ठ नायब निरीक्षक सुरेन्द्र चन्द्रले बताए ।
नायब निरीक्षक चन्दका अनुसार बालिका बगेको स्थानदेखि दक्षिणतर्फ करिब ५ किलो मिटर आसपासको क्षेत्रसम्म खोजी गरिएको छ।

