

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति(सिएफसीसी) कञ्चनपुरले आगामी आर्थिक वर्षदेखि बधुवा पशुपालन र वैकल्पिक खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । समितिको आइतबार सम्पन्न २१ औँ बार्षिक साधारण सभाबाट पशुपालन, वैकल्पिक खेती कार्यक्रम सञ्चालन गर्ने लगायतका विभिन्न निर्णय गरिएको छ ।
पर्यावरण, वन्यजन्तु सरक्षण, उपभोक्ताको हक अधिकार, सामुदायिक वन सुशासन, लालझाडी मोहना जैविक मार्ग क्षेत्र संरक्षणका काम गर्दै आएकोमा आगामी वर्षदेखि पशुपालन र वकैल्पिक खेती कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।

समितित अध्यक्ष महश दत्त जोशीले अध्यक्ष जोशीले गत बर्षमा तराई भूपरिधी(ताल) लगायतका सरकारी, गैर सरकारी संघ,संस्था, सामुदायिक वन, स्थानीय सरकार सबै क्षेत्रसंगको समन्वयमा सरक्षणका कार्यक्रम संचालन गरिएको बताए ।

कार्यक्रममा जोशीले प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा वन हेरालुलाई तालिमदेखि भकारो सुधार, जैविक तटबन्ध, प्राविधिक सहयोग, विद्यार्थीलाई सरक्षण शिक्षा, मानव बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गोष्ठी, उपभोक्ताहरुलाई आत्मनिर्भरका लागि आर्थिक, भौतिक सहयोग, तारबार, डेरी निर्माण, होमेष्टे, सुधारिएको खोर निर्माण गरिएको उल्लेख छ ।
छाडा पशुचौयापादेखि मानवबन्यजन्त ुविचको द्वन्द्वले संरक्षणमा चुनौती थपिएको जोशीले प्रतिवेदनमा औल्याएका छन् ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाले साधारण सभा उद्घाटन गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सिएफसिसीले जिल्लाको शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, लालझाडी क्षेत्रका सामुदायिक वनमा सुशासनका कार्यक्रम संचालन भईरहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सामुदायिक वन समन्वय समिति९सिएफसिसी०ले सरक्षणका क्षेत्रमा गर्दै आएको कार्यक्रमको प्रसंसा गरे ।

