ghar sansar

आत्महत्या दुरुत्साहनमा रास्वपा नेता कारागार चलान

little buddha academy
khasi

महेन्द्रनगर । आत्महत्या दुरुत्साहन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कञ्चनपुर सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारागार चलान भएका गरिएका छन् । जिल्ला अदालत कञ्चनपुरले थुनछेक बहसबाट भट्ट कारागार चलान गरिएका हुन् । उनकी श्रीमति भने अदालतबाट साधारण तारेखमा छुटेकी छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिका–७ की एक महिलाले साउन ३ गते आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको थियो । त्यही जाहेरीको आरोपमा उनीहरुलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरिएको हो ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले भीमदत्त नगरपालिका–६ का भट्टलाई शुक्रबार कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको र उनकी श्रीमतीलाई साधारण तारेखमा छुटेको बताए ।

भट्ट र उनकी श्रीमतीले ती महिलालाई आत्महत्या गर्न बाध्य बनाएको जाहेरी परेपछि दम्पत्तिलाई नियन्त्रणमा लिइएको थियो । रास्वपा नेता भट्ट २०८१ को उप निर्वाचनमा भीमदत्त नगरपालिका–६ को वडा अध्यक्ष चुनाव लडेका थिए ।

Himal dental
सम्बन्धित
Loading...