ghar sansar

के गर्दैछन् इजरायल पुगेर विपिनका आमा र बहिनी

little buddha academy
khasi

महेन्द्रनगर । दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका भीमदत्त नगरपालिका ३ भाँसीका विपिन जोशीकी आमा र बहिनी इजरायल पुगेका छन् । इजरायल सरकारले विपिनको रिहाईलाई संयुक्त राष्ट्र संघसम्म पुगाउन आमा र बहिनीलाई इजराजल बोलाएपछि उनीहरु अन्तर्राष्ट्रिय स्तरमा दबाव बढाउन त्यहाँ गएका छन् ।

‘हामी विपिनलाई लिन आएका हौं, सबैले मद्दत गर्नोस्,’ तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ कयौं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पद्माले भक्कानिएर रुँदै भनिन्, ‘मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, मेरो सबैमा विनम्र अनुरोध छ ।’

,orning glory badhai

विपिनकी बहिनी पुष्पा पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनले पनि आँसु झार्दै अपिल गरिन्, ‘हामी धेरै टाढाको देश नेपालबाट दुःख गरेर आएका छौं, मेरो दाजुलाई बिनासित्ती नराख्नुस् । ऊ पढ्नका लागि मात्र यहाँ आएको हो । हाम्रो कसैसँग दुस्मनी छैन ।’ विपिनका आमा र बहिनीलाई लिन विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपालका लागि पूर्वराजदूत हानन गोदार, इजरालयका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका साथै थुप्रै नेपाली पुगेका थिए ।

इजरायली विदेश मन्त्रालयका अधिकारीका अनुसार दुवै जनालाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा खटिएका कमान्डहरूसँग भेट गराउनुका साथै विपिनलाई हमास लडाकुले बन्धक बनाएको दक्षिण इजरायलको किबुजमा लगेर घटना के कसरी भएको थियो भन्ने जानकारी गराइनेछ । त्यसपछि इजरायल सरकारकै पहलमा उनीहरूलाई राष्ट्रसंघमा उपस्थित गराई विपिनलाई छुटाउनका लागि दबाब बढाइदिन आग्रह गर्न लगाइनेछ ।

dirghayi clinic

इजरायली विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने योजना रहेको बताएका छन् ।

‘हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना जीवित रहेको अनुमान छ,’ कार्नीले इजरायल भ्रमणमा रहेका नेपाली पत्रकारसँग भनेका छन्, ‘ती २० जनामध्ये को जीवित छन् र क–कसको मृत्यु भइसकेको छ, हामी प्रस्ट भन्न सक्ने अवस्थामा छैनौं ।’

हमासले ७ अक्टोबर २०२३ मा किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २५१ जनालाई बन्धक बनाइएको थियो । अझै हमासले बिपिनसहित ५० जनालाई फिर्ता गरेको छैन । हमासको उक्त आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । हमास लडाकुको ग्रिनेड उनीहरूतर्फ नै प्रहार गरेर कयौंको ज्यान बचाएका घाइते विपिनलाई बन्धक बनाएर लगिएको थियो ।

विपिन सुदूरपश्चिम विश्वविद्यालको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका थिए ।

विपिन हमासको नियन्त्रणमा भएको २२ महिना पुगेको छ । अहिले पनि विपिन सहित विभिन्न देशका ५० जना नियन्त्रणमा छन् । उनीहरूलाई काठमाडौंमा इजरायली राजदूत शमुलिक एरी बास विमानस्थलसम्मै पुगेर बिदाइ गरेका थिए ।

इजरायल र हमासबीच केही दिनका लागि भएको युद्धविरामका बेलामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल खुलाइफीसँग फोनमार्फत आग्रह गरेकी थिइन् । उनले नेपालका लागि इजरायली राजदूत बासमार्फत इजरायल सरकारसमक्ष पनि रिहाइका लागि आग्रह गर्दै आएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...