

महेन्द्रनगर । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पीएन) को बेदकोट नगर अध्यक्षमा बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्त चयन भएका छन् । बेदकोट नगरपालिका विद्यालयका प्रधानाध्यापकको भेलाबाट पन्त अध्यक्ष चयन भएका छन् ।
समितिको उपाध्यक्षमा मन्जु जोशी, सचिव भानुभक्त जोशी, सह सचिव सुशिला बोहरा र कोषाध्यक्ष शेर बहादुर सार्की चयन भएका छन् ।


यसैगरी समितिमा परमानन्द भट्ट , गजेन्द्र के सिह केसी, गङ्गा भट्ट, राजेन्द्र प्रसाद पाण्डेय सदस्य छन् ।



