ghar sansar

पटक पटक आग्रहपछि बल्ल पुग्यो आरक्ष पीडितको आमरण स्थलमा मानव अधिकार आयोगको टोली 

khasi

–रविन्द्र ओझा

महेन्द्रनगर । राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितका समस्या समाधानका लागि मदन चोकमा आमरण अनशन बसेका वासिन्दासित भेटघाट गरेको छ ।

मदनचोकमा आमरण अनशन बसेको सातौ दिनको आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाश भट्ट नेतृत्वको टोलीले आमरण अनशन बसेका जय बहादुर रोकाया र रन बहादुर सिहलाई आमरण स्थलमा आएर भेटघाट गरेको हो ।

आमरण अनशन सुरु भएपछि आरक्ष पीडित वासिन्दाका अगुवाले राष्ट्रिय मानव अधिकारलाई आमरण अनशन बसेको र भेटघाटका लागि आउन आग्रह गरेका थियो ।

आरक्ष पीडित वासिन्दाको शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिका अगुवाले आयोगका पदाधिकारीलाई भेटघाटका लागि आग्रह गरेका हुन् ।

अनशन सुरु भएपछि पटक पटक आग्रह गरेपछि आयोगको टोली आमरण स्थलमा आएर भेटघाट गरेको संघर्ष समितिका सल्लाहकार संयोजक अमरजङ्ग बहादुर शाहीले बताए ।

‘हामीले अनशन बसेपछि हामी यस्तो माग राखेर यस्तो अवस्थामा आमरण अनशन बस्दैछौ, हाम्रो मानव अधिकार वर्षौदेखि हनन भएको छ, तपाईहरु आएर हाम्रो समस्या सुनि दिनु प¥यो भनेर आग्रह ग¥यौ, वहाँहरुले हुन्छ मात्रै भन्नु भयो, धेरै पटक आग्रह ग¥यौ’ उनले भने,‘पटक पटकका आग्रहपछि आज बल्ल वहाँहरु हामीलाई भेटन आउनु भयो ।’

आयोगको टोलीले अनशस्थलमा आरक्ष पीडितका समस्या माग, चुनौति लगायतका विभिन्न विषयमा जानकारी लिएको शाहीले बताए ।

बुधबार अनशनको छैठो दिन अनशनमा बसेका रोकायाले आफूहरुलाई समस्या सुन्न कोही पनि नआएको दुखेसो पोखेका थिए ।

बिहीबार आयेगको टोली सहित जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, प्रहरी उपरीक्षक खडक बहादुर खत्री लगायतले अनशन स्थल पुगेर भेटघाट गरेका छन् ।

तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षले २०५८ को संकटकालमा तत्कालिन रौतेली विचवा, पिपलाडी र देखभूती गाविसबाट वासिन्दालाई विस्थापित गरेको थियो ।

विस्थापित भएको लामो समयसम्म व्यवस्थापन नभएपछि उनीहरु सरकारलाई दबाव दिन आमरण अनशन बसेका छन् ।

dirghayi clinic

आरक्ष पीडितहरु सदरमुकाम महेन्द्रनगर, बाणी र विस्थापितको सबैभन्दा ठूलो शिविर ढक्कामा एकसाथ आमरण अनशन बसेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तीन स्थानको आमरण अनशनबारे जानकारी लिएको संघर्ष समितिका सल्लाहकार संयोजक शाहीले बताए ।

आमरण अनशन बसेका रोकाया र सिंह दुबै ढक्का शिविरका हुन् । रोकायाका आरक्ष पीडित संघर्ष समितिका हुन् ।

उनी यस अघि १९ दिन काठमाडौंमा आमरण अनशनन बसेका थिए । सरकारका वन मन्त्री ऐन बहादुर शाही  र कञ्चनपुरका साँसदले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि उनी आमरण अनशन ताडेर जिल्ला फर्र्किएका हुन् ।

मन्त्री र साँसदको आश्वासन अनुसार समस्या समाधानको काम अघि नबढेपछि रोकाया फेरि आमरण अनशन बसेका छन् । उनले आफूहरुका माग सम्बोधन नभएपछि अनशन नछाड्ने बताए ।

‘म पानी पनि नखाई बसेको छु, चौबिस सय ७३ परिवारको व्यवस्थापन नभएसम्म अनशन छुट्दैन’ उनले भने,‘बरु ज्यान गए जाला अनशन अब छाडिनेवाला छैन ।’

रोकायासंगै अनशन बसेका अर्का सिह बुधबार विरामी भएपछि उनलाई स्लाइन चढाइएको छ ।

मदनचोकको भेटघाट चौतारीमा त्रिपाल टाँगेर उनीहरु आमरण अनशन बसेका छन् । 

आरक्ष पीडित समस्या समाधानका लागि हालसम्म ३४ आयोग बनेका छन् । सरकारले केही वर्ष अघि समस्या समाधानका लागि पूर्व न्यायाधिशन ठाकुर प्रसाद शर्माको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

शर्मा आयोगले दुई हजार चार सय ७३ परिवार पुनस्र्थापन गर्न पर्ने प्रतिवेदन तयार गरेको थियो ।

संघर्ष समितिका अध्यक्ष रोकायाले न्यायिक आयोग बनाएर पनि आफूहरुको समस्या समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

रोकायाका अनुसार २०५८ मा ४ हजार ३ सय १४ घरधुरी परिवारलाई आरक्षबाट बेदखल गरिएको थियो ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षका तत्कालिन वार्डेन सूर्य प्रसाद पाण्डेय सेना र हात्ती लगाएर उनीहरुको वस्ती हटाएका थिए ।

२०५८मा विस्थापित काँग्रेस नेता दिवान सिंह बिष्ट नेतृत्वमा आयोग बनेको थियो । त्यसपछि एमाले नेता हिरा सिह सार्की, लाल बहादुर खड्का, मोहन गिरी, पूर्ण बहादुर चन्द, दल बहादुर बोहरा, जयानन्द पनेरु, बेदप्रकाश ढकाल लगायतको नेतृत्वमा विस्थापित समस्या समाधानका लागि आयोग बनेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...