ghar sansar

संघीय शिक्षा विधेयकका तीन बुँदा खारेजीको माग गर्दै प्याब्सन एन प्याब्सनले बुझायो भीमदत्तका कार्य वाहक मेयर र शिक्षा शाखा प्रमुखलाई ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले संघीय शिक्षा ऐनमा समावेश तीन बुँदा खारेजीको माग गर्दै स्थानीय सरकारलाई मागपत्र बुझाएर दबाव दिएका छन् ।

ती दुबै संगठनको संयुक्त केन्द्रीय आन्दोलन कार्यक्रममा अनुसार बिहीबार भीमदत्त नगरपालिका पुगेर मागपत्र बुझाएका छन् ।

,orning glory badhai

भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशी र शिक्षा शाखा प्रमुख हरिदत्त जोशीलाई मागपत्र बुझाइएको छ । प्याब्सन र एन प्याब्सनको भीमदत्त नगर समितिले संयुक्त रुपमा मागपत्र बुझाएको हो ।

भीमदत्त नगरपालिकाको नगर कार्यपालिका बैठक सभा कक्षमा बिहीबार प्याब्सन भीमदत्त नगर अध्यक्ष उपेन्द्र प्रसाद जोशी र एन प्याब्सन भीमदत्त नगर अध्यक्ष द्विजराज भट्टले मागपत्र बुझाए ।

मागपत्र हस्तान्तरण अघि प्याब्सन नगर अध्यक्ष जोशीले मागपत्र वाचन गरे । त्यस अघि प्याब्सन केन्द्रीय सदस्य अमराज भट्टको शिक्षा ऐन सम्बन्धि निजी विद्यालयको धारणा, संगठनको आन्दोलन कार्यक्रमबारे जानकारी दिए ।

प्याब्सन अध्यक्ष महादेब प्रसाद भट्ट, एन प्याब्सन अध्यक्ष सत्येश बहादुर चन्द लगायतका दुबै संगठनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्य कार्यक्रममा सहभागी भएका छन् ।

मागपत्रमा शिक्षा ऐनमा समावेश निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाइने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने, कुल विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना, शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनु पर्ने लगायतका माग राखिएका छन् ।

dirghayi clinic

मागपत्र बुझेपछि भीमदत्तका कार्य वाहक मेयर जोशीले मागपत्रलाई मेयर पदम बोगटीसम्म पुगाइने बताइन् । मेयर बोगटी कार्यालय बाहिर भएकाले उप मेयर जोशीलाई बुझाइएको हो । ‘मेयर सापलाई यो मागपत्र म छिटो भन्दा छिटो बुझाउँछु’ उनले भनिन् ।

शिक्षा ऐन मस्यौदा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । समितिबाट पारित भएर संघीय संसदमा पुगेपछि छलफल भएर पारित हुने छ ।

प्याब्सन केन्द्रीय सदस्य भट्टले सरकारले निजी विद्यालयको योगदानलाई बिर्सेर अनावश्यक दुःख दिने नियतले शिक्षा ऐनमा निजी शिक्षाको अस्तित्व संकटमा पार्ने व्यवस्था गरिएको बताए । ‘यो हाम्रो अस्तित्व संकटमा पार्ने नियत हो, यस विरुद्ध हामी चुप बस्दैनौ’ केन्द्रीय सदस्य भट्टले भने ।

एन प्याब्सन जिल्ला अध्यक्ष सत्येश बहादुर चन्दले प्राइभेट कम्पनी ऐन अन्र्तगत दर्ता भएपछि गैर नाफा मुलक हुने व्यवस्था गरी अन्याय गर्न लागिएको बताए ।

‘प्रालिमा दर्ता भई सकेपछि क्रमशः गैर नाफामूलक बनाइनेछ । पूर्ण छात्रवृत्ति हुनु पर्ने व्यवस्थाप्रति हाम्रो असहमति छ’ उनले भने, ‘यी बुँदा तुरुन्त खारेज हुनु पर्छ ।’

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्टले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखिने बताए ।

‘यो आन्दोलन सुरुवात हो, माग पूरा नभएसम्म जारी रहन्छ’ उनले भने, ‘केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार आज पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको छौ ।’

प्याब्सन एन प्याब्सन आन्दोलन कार्यक्रम तालिका सहित पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई मागपत्र बुझाएको हो ।

प्याब्सन एन प्याब्सनले बिहीबार कञ्चनपुरका सबै ९ ओटै स्थानीय तहका प्रमुख र शिक्षा शाखा प्रमुखलाई मागपत्र बुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...