

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालयको आंङ्गिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसले स्वर्ण जयन्ति मनाउन लागेको छ ।
क्याम्पस प्रमुख डा. तिलमाया ढकाल खरेलको अध्यक्षतामा बसेको बैठकले विविध कार्यक्रम गरी स्वर्णजयन्त मनाउने निर्णय गरेको हो ।

बैठकमा क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल लगायत विशिष्ट व्यक्तित्व सहभागी भएका छन् ।
भीमदत्त नगरपालिका १८ निम्बुखेडामा २०३३ मा विज्ञान क्याम्पस स्थापना भएको हो । क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन हुने गरेको छ ।
क्याम्पस प्रमुख ढकालले स्वर्ण जयन्तिको अवसरमा क्याम्पस संस्थापक र सहयोगी सहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने लगायतका विभिन्न निर्णय गरिएको जानकारी दिइन् ।
बैठकले स्वर्ण जयन्ति वर्ष कार्यक्रम अन्तर्गत पूर्व विद्यार्थीहरूको डाटाबेस तयार गर्ने, वार्षिक मुखपत्र अंकुरको स्वर्ण जयन्ति विशेषाङ्क प्रकाशन, रक्तदान, क्याम्पसका संस्थापक सदस्य एवं विशेष सहयोगी तथा राष्ट्रलाई विशिष्ट योगदान दिने, पूर्व विद्यार्थीलाई सम्मान, अन्य विभिन्न प्राज्ञिक तथा सामाजिक कार्यक्रम गरी सम्पन्न गर्ने निर्णय गरिएको छ ।
