ghar sansar

दोधारा चाँदनीमा छ यस्तो टोल, जहाँका वासिन्दा बाटो बाहेक अन्य समस्याका कुरै गर्दैनन्

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ स्थित चौराठी टोलमा सामाजिक ऐक्यवद्धता अभियानको टोल भेलामा बोगटी टोल कमलशा आधारभूत विद्यालय जोड्ने बाटो चर्चाको केन्द्रमा परेको छ ।

शुक्रबार दिउँसो सामाजिक ऐक्यवद्धता अभियान अन्र्तगत चौराठी टोलको पिपल चौतारामा भेला गरिएको छ । भेलामा अभियानका पहलकर्ता एबम् सामाजिक अभियन्ता भीम कुमाल सहित सहभागी भएका छन् ।

भेलामा सहभागी अधिकाँशले बोगटी टोलदेखि कमलशा आधारभूत विद्यालयसम्मको बाटो आफूहरुका लागि सबैभन्दा मुख्य माग भएको बताए ।

टोलका वासिन्दा देब बहादुर सुनारले टोलको लागि सबैभन्दा ठूलो समस्याका रुपमा बाटो भएको बताए । ‘समस्या अरु पनि छन्, तर बाटोको हाम्रो लागि सबैभन्दा ठूलो समस्या छ’ उनले भने ।

स्थानीय यम बहादुर अधिकारीले बाटोको समस्या वर्षौदेखि माग गर्दै आए पनि समाधान हुन नसकेको बताए । बाटोका कारण विद्यालय जाने बालबालिका सबैभन्दा बढी समस्यामा परेको अधिकारीले बताए ।

‘यो बाटो हाम्रो लागि छोटो छ, त्यसैले हामी प्रयोग गर्छौ, घुमाउरो बाटो छ, त्यसलाई पनि बाध्यताले प्रयोग गर्न पर्ने अवस्था छ’ उनले भने,‘यो बाटो नै हाम्रो मुख्य समस्या हो, यसलाई हल गरि गर्न आवश्यक छ ।’

बाटोका कारण बालबालिकालाई बर्खा याममा आवतजावत गर्न सबैभन्दा बढी समस्या भएको अधिकारीले बताए । ‘हिउँदमा त्यति समस्या हुँदैन, यो बर्खामा बच्चाहरुलाई काख बोकेर वारपार गराउनु पर्छ’ उनले भने ।

टोलका बालबालिका पिपलचौतारी बाटो भएर कमलशा आधारभूत विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनका लागि जाने गरेका छन्

बोगटी टोलदेखि सुरु बाटो पिपल चौतारी हुँदै गएपछि स्थानीयको खेतमा पुगेर सकिएको छ । त्यसपछि खेतका आली भएर स्थानीयले कमलशा विद्यालय नजिकको खोला पार गरी वारपार गर्र्दै आएका छन् ।

dirghayi clinic

स्थानीयले कमलाशा आधारभूत विद्यालय नजिक सडकसम्म पुग्ने बाटो जोड्नका लागि स्थानीय स्तरमा छलफल समेत गरेका छन् ।

बाटोमा पर्ने जग्गा दिन केही स्थानीय इच्छुक नभएपछि स्थानीयको बाटो बनाउने प्रयास पूरा भएको छैन । उनीहरुले वडा कार्यालय सहित वस्तीमा जाने सबैलाई बाटो निर्माणका लागि आग्रह गर्दै आएका छन् ।

पिपलचौतारा भएर जाने बाटो स्थानीय राजेश सुनारको जग्गामा पुगेर सकिएको छ । त्यसपछि सुनारको जग्गाको बाँया बाटो भएर शिवराज खड्काको जग्गाबाट बाटो खोलेर कमलशा विद्यालयसम्म पुग्न सकिने स्थानीय बताउँछन् ।

स्थानीयले सुनारको जग्गा भएर अर्का स्थानीय नन्द सुनार र शिवराज खड्काको जग्गाबाट बाटो खोलेर कलमशासम्म पुग्ने सकिने बताएका छन् ।

बाटो निर्माणका लागि उनीहरुले गृह मन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, पूर्व मन्त्री मान बहादुर सुनार, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बु, वडा अध्यक्ष ओम बस्नेत लगायत सबैसित गुहार गरि सकेका छन् ।

यो बाटो २०२४ सालमा बनेको हो । यो टोल वस्तीमा २०२२ सालदेखि बसेको हो । टोलका वासिन्दा अधिकारीले बाटो नभएर सुत्केरीलाई अस्पताल लैजान, बालबालिकालाई विद्यालयसम्म लैजान निकै समस्या भएको बताए ।

‘यो टोलमा समस्या छ, समस्या के छ भने बाटो छ, त्यसको निकास नै छैन, हामीmे स्कुल जान पनि घुमेर जानु पर्छ ’ उनले भने,‘बच्चाहरुलाई बोकेर स्कुल लैजान ल्याउनु पर्छ ।’

भेलामा सामाजिक अभियन्ता कुमालले गरीब र बहिस्करणमा परेका समुदायका विकास, जनजीविकाका सवाल उठान गर्न र राज्यका सेवा सुविधामा पहुँच बढाउन सामाजिक ऐक्यवद्धता अभियान सञ्चालन गरिएको बताए ।

अभियानका अभियन्ताका श्याम सुनारले कार्यक्रम सञ्चालन गरे । यो टोल दोधारा चाँदनी नगरपालिका ७ नम्बर वडासित जोडिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...