ghar sansar

भीमदत्तको ५ नम्बर वडामा कृष्ण जन्माष्टमीको अवसर पारी सरसफाई

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ मा श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सरसफाई गरिएको छ । ५ नम्बर वडाको भृकुटी टोल अध्यक्ष राजिव नेपालीको नेतृत्वमा त्रिपुरा क्लबदेखि स्थानीय गणेश ठगुन्नाको घरसम्म बाटोमा सरसफाई गरिएको छ ।

बाटोमा आवतजावत गर्न सहज र दुर्घटनाबाट बच्नका लागि बाटो छेउका झारतका झाडी सफाई तथा खाल्डाखुल्डी पुरिएको छ ।

,orning glory badhai

‘झारपातले गर्दा बाटो एकदमै साँघुरिएको र दिनमै डर लाग्ने अवस्थामा पुगेको पुगेकोले सरसफाई कार्यक्रम गरी सफा गरिएको छ’ टोल अध्यक्ष नेपालीले भने ।

dirghayi clinic

सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थी आफैं सहभागी भएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका ५ नं. वडा कमिटी अध्यक्ष विशाल सुनार, नेकपा एकीकृत समाजवादीका नेता गणेश ठगुना लगायत भृकुटी टोलका स्थानीय, समाजसेवी बुद्धिजीवि, शिक्षक,कर्मचारी सरसफाई कार्यक्रममा सहभागी भए।

टोलको खानेपानी योजना छेउको बाटोमा भएका खाल्डाखुल्डी पुरिएका छन् । त्यसमा ढक्कनको व्यवस्था गरिएको छ । ‘खानेपानी रोडको र खोलाको किनारमा भएकाले त्यहाँ राति आवतजावत गर्न सजिलो होस् भनेर बिजुली अर्थात् सोलारको व्यवस्था गरिएको छ’ उनले भने ।

खानेपानीमा सिसिटिभी क्यामेरा समेत जडान गर्ने निर्णय गरिएको छ । त्रिपुरा क्लबदेखि सिधै ५ सय मिटर मिटर खानेपानी टङ्की दक्षिण युवा भेटघाट स्थल भएको र र रातमा त्यस ठाउँमा विकृति फैलाउने र नशा गर्ने लगायतका कार्य हुने गरेकाले सुरक्षाकर्मीलाई निगरानीका लागि आग्रह गरिएको छ ।

टोल अध्यक्ष नेपाली अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । उनी माओवादी केन्द्रका भीनपा ५ नम्बर वडा कमिटीको सचिव पनि छन् ।

Himal dental
सम्बन्धित
Loading...