

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए ।
‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो’ नेपाल निजामति कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने,‘तसर्थ गम्भीरता पूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’

एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगाउतका कार्यक्रम गरिएको उल्लेख गरे ।
अर्थतन्त्र सुधार आउन थालेको, उत्पादन र उत्पादकत्व बढेको ‘डुबी सकेको अर्थ व्यवस्थालाई पुर्नउत्थान गर्ने प्रयास भएको छ, र्थतन्त्रका इन्डिकेटर ठाउमा आउँदै छन्, बिगतमा ७ प्रतिशतको मुद्रास्फिती ३ दशमलव ५ प्रतिशतमा झरेको छ’ उनले भने, ‘ड्ड सबै क्षेत्रहरुमा उत्पादन र उत्पादकत्व बृद्धि हुदै गएको छ, ड्ड ६१ देखि ६२ प्रतिशत बजेट खर्च १४ प्रतिशतको आर्थिक बृद्धि । गत वर्षको तुलनामा, ड्ड आन्तरिक द्धन्द्धका कारण आर्थिक बृद्धि बढाउन हामी असमर्थ भएका छौं ।’

पूर्व मुख्यमन्त्री रावलले देशमाा लगानी मैत्री वातावरण बन्दै गएको दावी गरे । सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता लिएर अघि बढको उल्लेख गर्दै उनले भ्रष्टाचार गर्नेमाथि कारवाही गरिने स्पष्ट पारे ।

एमाले विरुद्ध संगठित आन्दोलन हुन सक्ने समेत उनले आशंका व्यक्त गरेका छन् । ‘हाम्रो पार्टी विरुद्ध छिटै पुनः अर्को विशाल संगठित आन्दोलन हुन सक्दछ, हामीले यी घटनाहरुको सामना गर्ने सार्मथ्य जुटाउनु आवश्यक छ, देश र पार्टी भित्रको अराजकताको अन्त आजको आवश्यकता हो’ उनले भने ।
पार्टीभित्र अराजकता नछाड्नेलाई कारवाही गरिने रावलले बताए । रावलले एमाले विरुद्ध मिडिया, सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको र पार्टी विरुद्ध फेक वार चलाइएको उल्लेख गरे ।
व्यक्तिगत आकांक्षा वा ससाना मुद्दा उठाएर पार्टी बिभाजन गरिएको उल्लेख गर्दै उनले एकताको सट्टा नेतृत्वलाई गाली गर्ने र नेतृत्वको बदख्वाई गर्ने प्रबृति देखिएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक भएको बताए ।
काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन ती दुबै दलको द्वन्द्वका कारण तोडिएको उल्लेख गर्दै उनले ती दुबै दलले २५ दिनसम्म सरकार बनाउन नसकेपछि माओवादीसत एकता गरी सरकार बनाईएको बताए ।
पूर्व मुख्यमन्त्री रावल कार्यक्रममा प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशीले कर्मचरीको सरुवा बढुवामा प्रदेश र संघ सरकारले विधि र चक्रीय प्रणाली अनुसार गर्नु पर्नेमा जोड दिए । उनले संगठनको प्रगति प्रतिवेदन सुनाए ।
कार्यक्रममा सहभागी संगठनका सुदूरपश्चिमका सबै जिल्ला प्रतिनिधिले आ–आफ्नो जिल्लाको रिपोर्टिङ्ग गरे ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जैसी, नेपाल निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम, संगठनका उप महासचिव वामदेब ओली, पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, नीति योजना आयोगका सदस्य कर्ण कुँबर लगायत सहभागी भए ।
निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बालकृष्ण जोशीले कार्यक्रममा स्वागत मन्तव्य राखे ।
