
सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीलाई बुझाए प्याब्सन एन प्याब्सनले शिक्षा विधेयक विरुद्ध ज्ञापत्र पत्र


महेन्द्रनगर । संघीय शिक्षा विधेययका केही बुँदा विरुद्ध खारेजीका लागि आन्दोलित प्याब्सन र एन प्याब्सनले आइतबार सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघ बहादुर खड्कालाई ज्ञापन बुझाएका छन् ।

दुबै संगठनको संयुक्त कार्यक्रम अनुसार धनगढीमा सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । प्याब्सन सुदूरपश्चिम अध्यक्ष सी बी चन्द र एन प्याब्सन सुदूरपश्चिम अध्यक्ष बीर बहादुर चन्दले हस्ताक्षरित ज्ञापन पत्र मन्त्री खड्काज्यूलाई बुझाइएको हो ।

कार्यक्रममा दुबै संगठन आवद्ध केन्द्रीय सदस्य, पदाधिकारी प्रदेश समिति पदाधिकारी जिल्ला समिति पदाधिकारी, सदस्यहरु सहभागी भएका छन् ।

