

महेन्द्रनगर । महेन्द्रनगर जेसीजको जेसीज सप्ताह समापन भएको छ । सोमबार महेन्द्रनगर जेसीज वर्ष २०१७ का अध्यक्ष पवनचन्द्र लेखकको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

महेन्द्रनगर जेसीज वर्ष २०२५ का अध्यक्ष राजेन्द्र प्रसाद अवस्थीको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ सम्मेलनका निर्देशक कृष्ण प्रसाद पाठक, प्रेम सिह भाट लगायतले शुभ कामना मन्तव्य राखे ।

सप्ताह अन्र्तगत जेसीज मावि राजीपुरमा शैक्षिक सामाग्री वितरण, लक्ष्मी मावि बागफाँटामा हाजिरी जवाफ प्रतियोगिता, समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई भोजन खुवाउने लगायतका कार्यक्रम गरिएका छन् ।
कार्यक्रम सञ्चालन महेन्द्रनगर जेसीज वर्ष २०३५ का महासचिव लक्ष्मणदत्त पन्तले गरे । कार्यक्रममा जेसीज अध्यक्ष अवस्थीले जेसीज अध्यक्षले यस वर्षदेखि आफ्नो कार्यालयमा जेसीज मावि राजीपुरका एक विद्यार्थीको पठनपाठनको जिम्मा आफूले लिएर अभिभावकत्व लिने बताए ।

