ghar sansar

बेल्डाँडी गाउँपालिकाको गाडीले बोक्छ कसैका बाउ, अनि कसैकी जोई !

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको बताएकी छन । सोमबार समाजिक संजालमा उपाध्यध्यले अध्यध्य हरिशचन्द्र रानाको ‘घाँटी च्याप्छु भनेको अडियो लिक भएपछि उपाध्यक्ष नाथले आज पत्रकार सम्मेलनको आयोजना गरि सो अडियो र गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराइन ।

सोमबार सार्वजनिक अडियोमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु !अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरेकी थिईन ।

,orning glory badhai

सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन ।! साला कसैलाई रात, बिहान पुर्याउन ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’

उपाध्यक्ष नाथले यो अडियो बारे आफु कामले बेलौरी जान लागेको भन्दै ड्रभाइभरलाई पुगाईदिन आग्रह गर्दा समेत ड्राईभरले अध्यक्षलाई सोध्नुपर्ने भन्दै आनाकानी गरेको बताईन । उनका अनुसार सो कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष नै उपस्थित हुनुपर्ने भनिएपनि अध्यक्षले जान मानेका थिएनन ।

उनले भनिन ‘म बेलौरी एनएसडब्लुए को आयोजनामा भईरहेको कार्यक्रम जान ला थे । लालझाडी र बेलडाँडी गाउपलिका अध्यक्ष उपाध्यक्ष सहित विनि लाई बोलाईएको थियो । सो कार्यक्रममा पुर्याई दिन ड्रईभरलाई भनेको हु । मलाई पुगाउन पनि अध्यक्षलाई सोध्नुपर्ने भनेपछि मैले गाडी कसै व्यक्तिको हैन, पलिकाको गाडी हो । गाडी यसरी चलाउन भएन ।कम विशेष मात्र बाहिर जाने हो । अध्यक्षले पनि नियम विपरित गाडी चलाउन पाएन । मैले बताउने हो । धेरै कुरा बताउनु परे त्यसैलाई समाएरसबै कुरा बताउछु भन्न खोजेकी हु । मेरो भनाईलाई तोड मरोड गरि गलत प्रचार भयो । ‘

dirghayi clinic

ड्राईभरले उनलार्ई पुगाउन नमानेपछि गाडीको चबाीनै लगेर नाथ बेलौरी गइन । अनि लिक भएको थियो अडियो । ‘रातको समय होटल,रक्सी भट्टीमा गाडी सहित पुग्ने । एकदम दुरुपयोग गर्न लागे गाडीे । अस्ती रातिको ९ बजेसम्म रेग्मी होटलमा थियो गाडी । गाडीको दूरुपयोग बढेपछि हेर्ने जिम्मा लिएकी छु । कामले बाहिर जान नपाउने तर दुरुपयोग बढ्दै गएपछि चाबी आफुले राखेकी हु ‘ उनले भनिन ।

गाडी विदाको दिनमा समेत चल्ने गरेको उनको दाबी छ । ५ वडा रहेको गाँउपलिकामा गाडी मर्मत र तेल खर्च अत्यधिक रहेको उनले बताइन ।काम त्यति धैरै नहरेको गाँउपलिकाको गाडी २४ घण्टा कसैको स्वास्नी बोक्ने कसैको घास बोक्ने , रक्सी बोक्ने , चुरोट बोक्ने गरेको उनको आरोप छ ।गाडीमा उनले चुरटको डब्बा नै फेला पारेको बताएकी छन ।

‘काम गर्दा गाडी नदिने ,नहुने । व्यक्तिका लागि जतिबेला नि गाडी जतिबेला नि हुने भएपछि मैले चाबी खोसेको हूँ ‘ नाथले भनिन ‘अस्ती विदाको दिन शेभाताल लगे ,त्यहा बाट महेन्द्रनगर गए । विदाको दिन पनि गाडी चलेकै हुन्छ । ‘ गाँडीको तेल र मर्मत खर्च पलिकाले धान्नै नसक्ने गरि ४२ लाख आएको उनको भनाई छ ।

उनले आफुले प्रदेशबाट पाउनु पर्ने सेवा सुविधा नलिएको दाबी गरिन । उनले हामि गाँउपलिका अन्तरगतका जति पनि जनप्रतिनिधिलाई घर आवजाव गर्न इन्धनको ९ हजार दिइएको छ , त्यसको मैले निजि गाडीमा पेट्रोल हाल्ने गरेको बताईन ।

उनले प्रदेशको कानुनमा आपुलाई स्कुटी ,१२५ लिटर पेट्रोल ,१० लिटर मेविल गाडी मर्मत सबै पलिकाले गर्ने रहेपनि मेले यो सुविधा नलिएको दबी समेत गरिन ।

अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वचित भएका थिए पछिल्लो स्थानिय तहको निर्वाचनमा । 

Himal dental
सम्बन्धित
Loading...