ghar sansar

भीमदत्तका नगर प्रहरी प्रमुख बलात्कार आरोपमा पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर प्रहरी इन्चार्ज जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् । भीमदत्तका नगर प्रहरी सहायक निरीक्षक(असइ) सुरेन्द्र बोहरा विरुद्ध प्रहरीमा जबर्जस्ती करणी मा जाहेरी दायर भएपछि पक्राउ गरिएका छन् ।

भीमदत्त नगरकै ३२ वर्षीया एक महिलाले नगर प्रहरी बोहराविरुद्ध गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।

,orning glory badhai
dirghayi clinic

ती महिलाले दिएको जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले भीमदत्तका नगर प्रहरी इन्चार्ज बोहरालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उजुरीका आधारमा असइ बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरेको बताए ।

‘उजुरीका आधारमा हामीले नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि अनुसन्धान अघि बढेको छ ।’

केही समयअघि ती महिलाले विष सेवन गरी घाइते भएर धनगढीको एक अस्पतालमा उपचार गरेर फर्किएपछि नगर प्रहरी बोहराविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...