ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघ अधिवेशनका लागि निरन्जन भट्टको प्यानल घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले भदौ तेस्रो साता हुने १५ औं अधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका उम्मेदवार भट्टले शनिबार होटेल ओपेरामा पत्रकार सम्मेलन गरी प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् । भट्ट १४ औं अधिवेशनमा चुनाव लडेर निर्वाचित भएका हुन् ।

,orning glory badhai

संघका पूर्व अध्यक्षहरु सहभागी पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष प्रेम सिह भण्डारीले भट्ट नेतृत्वको प्यानल घोषणा गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका आमन्त्रित केन्द्रीय सदस्य एबम् संघका पूर्व अध्यक्ष प्रेम प्रकाश भट्टको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको छ ।

१५ औं अधिवेशनमा भट्टका प्यानलका अधिकाँश उम्मेदवार १४ औं निर्वाचनका निर्वाचित दोहोरिएको छ ।

भट्ट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देब बहदुर चन्द उम्मेदवार भएका छन् । उनी वर्तमान समितिमा संघको उपाध्यक्ष छन् ।

संघको उपाध्यक्षका लागि वर्तमान समितिका कोषाध्यक्ष दिपक भट्ट चुनावी मैदानमा आएका छन् ।

dirghayi clinic

संघको महासचिवमा योगेन्द्र ठकुराठी दोहोरिएका छन् । उनी १४ औं निर्वाचनमा भट्ट प्यानलबाट महासचिव निर्वाचित भएका हुन् । युवा निर्माण व्यवसायी बृज बहादुर चन्द भट्ट प्यानलबाट सचिवका उम्मेदवार भएका छन् ।

संघको कोषाध्यक्षमा तेज बहादुर चन्द कोषाध्यक्ष र हेम महरा सह कोषाध्यक्षमा उम्मेदवार घोषणा गरिएका छन् ।

उम्मेदवारी घोषणा गर्दै संघका पूर्व अध्यक्ष भण्डारीले पछिल्लो समय निर्माण व्यवसायी धरायाशी हुने अवस्थामा पुगेकोले बलियो र अनुभवी टीम संघलाई आवश्यक भएको बताए । पूर्व अध्यक्ष भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका आमन्त्रित केन्द्रीय सदस्य भट्टले वर्तमान समितिका अध्यक्ष भट्टले व्यवसायिक हकहित र संस्थागत विकासका लागि सक्रियता देखाएकाले १४ र्आंै अधिवेशनबाट फेरि एक पटक नेतृत्वको मौका दिन लागिएको बताए ।

‘यो कार्य समितिले गरेको कामकाज हेर्न पर्छ, निर्माण व्यवसायीको भुक्तानी नदिएकोमा कार्यालयमा तालाबन्दी गरियो, जिल्ला दररेटमा अथक प्रयास गरी जिल्ला दररेट बढाएको सबैलाई जानकारी नै छ, बोलपत्र सूचनाको हकमा समेत सबैलाई व्यवसायीले भर्न पाउने गरी संशोधन गर्ने व्यवस्था गरिएको छ’ उनले भने, ‘यी यावत कुरा गरेकाले निर्माण व्यवसायीहरुलाई निरञ्जन भट्ट नेतृत्वको प्यानललाई सहयोग गरी जिताई दिन अनुरोध गर्छु ।’

कार्यक्रममा संघका सल्लाहकार गजेन्द्र बिक्रम थापा, पूर्व सल्लाहकार दामोदर महरा, सुदूरपश्चिम निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष लोग बहादुर ठकुराठी, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेशदत्त जोशी, निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष भुवनराज भट्ट, संघका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द, ज्ञानेन्द्र फुँयाल, लगायतले शुभकामना मन्तव्य राखे ।

उम्मेदवारी घोषणापछि अध्यक्ष उम्मेदवार भट्टले आफ्नो उम्मेदवारीबारे प्रष्ट पारे । संघको पूर्व अध्यक्ष, सल्लाहकार सबैको सुझाव अनुसार आफूले संघमा दोहोरिने चाहना राखेको भट्टले उल्लेख गरे ।

उनले आफ्नो कार्यकालमा गरिएको कामका जानकारी गराए । अध्यक्ष भट्टले लालझाडी गाउँपालिकाको ठेकेदार इन्जिनियर विवाद समाधान सहित व्यवसायीको भुक्तानी र जिल्ला दररेट सुधार लगायतका कार्यहरु गरिएको उल्लेख गरे ।

अध्यक्ष भट्टले संघले व्यवसायी हकहित बाहेक सामाजिक उत्तरदायित्व र शैक्षिक क्षेत्रमा समेत कार्य गरिएको बताए ।
भट्ट विरुद्ध संघको १४ औं कार्य समितिका प्रतिद्वन्द्वी संघका पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी चुनावी मैदानमा आएका छन् । अवस्थीले प्यानल सहित प्रचारप्रसार अघि बढाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...