

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिका कोषाध्यक्ष बलराम पन्तले आफू समितिको जिम्मेवारी नभएको घोषणा गरेका छन ।
समितिको १८ औं कार्य समितिमा निर्वाचनमा सबैभन्दा बढी मतले निर्वाचित कोषाध्यक्ष पन्तले सामाजिक सञ्जाल फेसबुकबाट आफू समितिको कुनै पनि जिम्मेवारी नभएको घोषणा गरेका हु्न् ।

‘आदरणीय व्यवसायी मित्रहरुमा क्षमा माग माग्दै म महाकाली यातायात समितिको कुनै पनि जिम्मेवारीमा नभएको व्यवसायी मित्रहरुमा जानकारी गराउँदछु’ उनले भनेका छन् ।
असार पहिलो साता समितिको १७ र्औ कार्य समिति निर्वाचनमा पदाधिकारीमा सबैभन्दा बढी २ सय ३० मत ल्याएर उनी कोषाध्यक्ष निर्वाचित भएका थिए ।

