ghar sansar

यसरी रोक्दैछ कञ्चनपुर प्रशासनले बर्ड फ्लु संक्रमण

little buddha academy
khasi

महेन्द्रनगर ।  कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि सीमा क्षेत्रबाट उच्च सतर्कता अपनाउन थालिएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समितिले बर्ड फ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने र किसानहरुलाई सचेतना फैलाउने निर्णय गरेको छ ।

,orning glory badhai

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बैठक बसेको छ । बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने निर्णय गरेको छ ।

भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमार बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो ।

बैठकमा सहभागी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह ख्डकाले भारतीय सीमावर्ती क्षेत्रमा बर्ड फ्लु देखिएको पुष्टि भइ सकेकाले भित्रिन नदिन सबै प्रकारका उपाय अबलम्बन गर्ने गरी छलफल गरी निर्णय गरिएको बताए ।

dirghayi clinic

कार्यालय प्रमुख खड्काका अनुसार बैठकबाट तीन ओटा निर्णय गरिएका छन् । त्यसमा सबैभन्दा पहिलो भारतबाट पन्छीजन्य सामाग्रीको आयातमा पूर्णतया प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । 

बैठकले सीमावर्ती क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, आपूर्तिकर्ता, व्यापारी र किसानसित बर्ड फ्लु रोग सम्बन्धि सचेतना फैलाउनका लागि अन्र्तक्रिया गर्ने निर्णय गरेको छ । 

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका वडा न.ं ९ र १० का जनप्रतिनिधि आपूर्तिकर्ता व्यापारी, किसान र अन्य सरोकारवालासंग रोग सम्बन्धी सचेतना सजगताका अन्तक्र्रिया गर्ने निर्णयमा उल्लेख छ ।

जिल्लास्थित सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिले बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि सबै जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गरी त्यस्तो आयातमा कडाइका साथ नियमन गर्न सक्ने निर्णय पनि गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले समितिको बैठकपछि औपचारिक रुपमा बर्ड फ्लु नियन्त्रणको प्रयास थालिएको बताए ।

‘त्यहाँ भारतमा देखिएपछि कार्यालयले आफ्नो हिसाबले बर्ड फ्लु नियन्त्रणका लागि प्रयास गरि रहेको थियो, अब औपचारिक रुपमा सुरुवात भो’ उनले भने, ‘फैलिएको पुष्टि भइ सकेको छ, उच्च सतर्कतामा रहनै पर्नै अवस्था छ, संक्रमण फैलिएको क्षेत्रबाट हामी नजिक भएर हामी नै जोखिममा छौ, त्यसैले संवेदनशिल हुन जरुरी छ ।’

Himal dental
सम्बन्धित
Loading...