ghar sansar

भारतमा बर्ड फ्लु देखिएपछि सीमामा कडाई, अवैध रूपमा ल्याउँदै गरेका कुखुराका चल्ला नष्ट

little buddha academy
khasi

महेन्द्रनगर । भारतबाट अवैध रूपमा भित्रिइरहेका कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । प्रहरीले सोमबार ब्रह्मदेव क्षेत्रबाट बरामद गरिएका कुखुराका चल्ला नष्ट गरेको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार ३ सय ६० गोटा चल्ला नष्ट गरिएको हो । उनका अनुसार पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा वर्ड फ्लुको संक्रमण देखिएपछि नाकामा कडाइ सँगै सतर्कतासमेत अपनाइएको छ ।

,orning glory badhai

‘बरामद गरिएका चल्ला सबै नष्ट गरिएको छ,’ डीएसपी बोहराले भने, ‘भारतमा वर्डफ्लुको संक्रमण देखिएकाले सबैले सतर्कता अपनाउनु पर्छ ।’

भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । वर्ड फ्लुको संक्रमण देखिएपछि नाकामा कडाइ गर्नुपर्ने र कुखुरा व्यवसायीहरू सचेत हुनुपर्ने पशु क्वारेनटाइन चेक पोस्ट गड्डाचौकीका पशु स्वास्थ्य प्राविधिक धनकृष्ण अधिकारीले बताए ।

Himal dental
सम्बन्धित
Loading...