ghar sansar

शिक्षा विधेयक विरुद्ध आन्दोलनलाई समर्थन गर्दै वरिष्ठ समाजसेवी वस्नेतले भने– लगानी लगाएर मुनाफा खानु हुँदैन भन्ने संसारको कुन ठाउँमा छ ?

khasi

महेन्द्रनगर । वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेतले शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालयका संगठनले सुरु गरेको आन्दोलनलाई समर्थन गरेका छन् ।

प्याब्सन, एन प्याब्सन, हिसान लगात निजी विद्यालयका संगठनले बुधबार आयोजना गरेको बृहत अन्र्तक्रिया कार्यक्रममा वस्नतेले आफ्नो मन्तव्य राख्ने क्रममा आन्दोलनमा पूर्ण समर्थन जनाएका हुन् ।

वस्नेतले आफूहरुले कार्यक्रममा आफूहरुले राखेका सरकारमा बसेर नीति बनाउनेहरुले नसुन्ने भएकाले बोलेको अर्थ नहुने बताए ।

dirghayi clinic

उनले लगानी गरी मुनाफा गर्न नपाउने नीति संसारमा कही पनि भएको बताए । ‘लगानी गर्ने, मुनाफा गर्न नपाउने कहाँ छ संसारमा त्यस्तो नीति नियम बनेको बताउनु होस न , लास्टमा खरानी घसेर विष्णु मन्दिरमा बस्ने कि, उनका छोरा छोरीले के गर्ने’ उनले भने ।

कार्यक्रममा सहभागीहरु राजनीतिक दलमा आवद्ध भएको, दलिय ह्पि लाग्ने भएकाले आफूले बोलेको कुराले अप्ठेरो पर्ने भएकाले आफूले हिसाबले बोल्न ठिक हुने बताए ।

‘मुनाफा हजुरहरुले कमाउने हो, लगानी लगाई सकेपछि संसारमा जहाँ पनि अध्ययन गर्नु होस, राम्रो सरकार भयो भने के गर्छ भने टयाक्स फ्रि गर्छ, २ परसेन्ट, तीन परसेन्ट ब्याजमा दिएर लगानी दिन्छ’ उनले भने,‘व्यवासय गर, अरुलाई रोजगार देउ भन्छ ।’

निजी शिक्षाको योगदानले महाकाली प्रादेशिक अस्पतालमा निजी विद्यालयमा पढेका केही चिकित्सकले सेवा दिइ रहेको वस्नेतले उल्लेख गरे । ‘अनि विभेद किन गरिनु पर्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...