ghar sansar

दोधारा चाँदनीका वस्तीमा विहानै पस्यो जोगबुडाको बाढी, जनज्योति आएर ज्यान जोगाउँदै वासिन्दा

khasi

रनि विवश
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ जर्का टोलकी देबीसरा खड्का सोमबार विहान घर छाडेर जनज्योति माध्यमिक विद्यालय पुगिन् । जोगबुडा नदीको बाढी घरभित्र पसेपछि उनी परिवारका सदस्य सहित विहान ९ बजे घर छाडेर निस्किन् । अहिले खड्का परिवार विद्यालय बसि रहेको छ ।

खडका श्रीमान अझै पनि घरमै छन् । खड्काका गाई वस्तु पनि घरमै छन् । बुवा सासु र ससुरालाई पनि उनीहरुले आफन्तको घरमा पुगाएका छन् । ‘घरभित्र पानी पसेको छ, सब क्षति भएको छ, ज्यान जोगियो’ जनज्योति माध्यमिक विद्यालय नजिक भेटिएकी खड्काले भनिन्,‘भित्र पूरै रासन डुबाएको छ, गाई वस्तु सबै त्यही छन् ।

Anant bahu travels

घर छाडेर आएपछि घर फर्किन नसकेको खड्का बताउँछिन् ।  खड्काले जर्का टोलका अधिकाँश घर परिवार छाडेर निस्केको बताइन् । जोगबुडा नदीसित जोडिएको जर्का टोलमा ५४ परिवारको बसोबास छ। उनीहरुमध्ये अधिकाँश परिवार घरभित्र बाढी पसेपछि छाडेर निस्किएका छन् ।

जर्का टोलको उचो स्थानमा घर भएका परिवार मात्रै अहिले वस्तीमा छन् । ‘जसको उचोमा घर छ, ती घर मात्रै बचेका छन्, अरु त हामी सबै डुबेर घर छाडेर आइ सकेका छौ’ खड्काले भनिन् ।

खड्का अनुसार बस्तीमा बाढी पसेपछि विहान वासिन्दाले घर छाडेका हुन् । सुरक्षाकर्मी र स्थानीयले वासिन्दादाई डुङ्गाबाट उद्धार गरी विद्यालयमा ल्याएको हो । खड्का लगायतका केही स्थानीय भने आफैं विद्यालय पुगेका छन् ।
‘हामीहरुलाई लिन डुङ्गामा पनि गएको थियो, म त आफैं आए’ उनले भनिन् ।

तीन दिनदेखि अविरल वर्षापछि जोगबुढा नदीको बाढी जर्का टोलमा पसेको हो । स्थानीयका अनुसार जोगबुडा नदीको पानी वहाव उच्च भएपछि बाढी वस्तीमा पसेको छ । सोमबार विहानदेखि वस्तीमा पानी पस्न थालेको स्थानीय बताउँछन् ।

दोधारा चाँदनी नगरपालिका ७ रामपुरे टोलस्थित जोगबुडा नदीले बाँध भत्काएपछि बाढी वस्तीमा पसेको छ । रामपुर टापुले बाँध भत्काएर बस्ती पसेको बाढी पनि जर्का टोलमा पुग्ने स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार जर्का टोलमा रामपुरे टापु र नदी दुबैतिरको बाढी पसेको छ । जोगुबडा नदीले जर्का टोल र रामपुर टापु दुबै वस्तीमा वासिन्दाले घर छाडेका छन् ।

रामपुर टापुका नन्दलाल थापा मगर बाढी आएर घर डुबानमा परेपछि विहान धर्मपत्नि झुमा थापामगर र छोरा छोरी सहित निस्किएका हुन् । ‘घर डुबान भयो, विहान निस्कियौ’ उनले भने,‘घरभित्र पूरै पानी पसेको छ, लत्ता कपडा, धुलो चामल नै सबै त्यहीं छ, गाई वस्तु पनि छाडेर आएका छौ ।’

जोगबुडा नदीले बाँध भत्काएपछि बाढी वस्तीमा पसेको उनले बताए । थापा मगरका अनुसार रामपुर टापुका ५ परिवार घर छाडेर विद्यालयमा सारिएका छन् । उचो स्थानमा घर भएका बाहेक अन्यलाई विद्यालयमा ल्याइएको उनले बताए ।

रामपुर टापुमा ५० घर छन् । उनका अनुसार ती सबै घरमा बाढी पसेको छ । त्यसमध्ये उच्च जोखिममा भएका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरु सबै जनज्योति माध्यमिक विद्यालयमा बसि रहेका छन् ।

स्थानीय थापामगरले बाढीले आफ्नो सबै धानखेती क्षति पुगाएको बताए । जोगबृुडा किनारमा थापाको डेढ बिगाहा जमिन छ । खेतमा लगाएको धानबाली सबै बाढीले क्षति पुगाएको छ । ‘सबै खेती खत्तम बनाई दियो’ उनले भने,‘अहिलेसम्म अन्न भित्र्याउनै पाएको छैन, बाढीले यस्तो गरि दिन्छ ।’

गत वर्ष बाढीले खेतका धानबाली बगाएर सखाप पारेको थापामगरले सुनाए । जोगबुडा नदीको बाढी बर्सेनी खेतमा क्षति पुगाउँदै आएको थापा बताउँछन् । ‘यो बाढी त वर्षैपिच्छे आएको हुन्छ, पोहोर साल त खेत नै जोतेर जस्तो गरी लगि दियो’ उनले भने,‘खेतभरि रेता थियो, त्यो अन्न भन्ने त केही पनि राखेन बाँकी ।’

थापामगरले यस वर्ष धान र भटमास लगाएका छन् । बाढीले यस वर्ष पनि बालीमा क्षति पुगेको छ । बाढीले बर्सेनी क्षति पुगाउने भएपछि थापामगरको परिवारले हालसम्म बाली खान नपाएको बताए । ‘यो खेतको बाली कहिल्यै खान पाएका छैनौ’ उनले भने ।

बाढीले बर्सेनी बालीनाली क्षति व्यहोर्र्दै आएका उनले हालसम्म राहत नपाएको गुनासो गरे ।

dirghayi clinic

स्थानीय तुल बहादुर खड्काले लगातार पानी परेपछि बाढी आउने त्रासमा वस्तीमा वासिन्दाहरु रातभर नसुतेको बताए ।
‘बाढी आउने त्रास त सधैं हुन्छ, रातभरि सुत्न पाएका थिएनौ, आज विहान बाँध फुटेर बस्तीमा पस्यो, राति भएको अप्ठेरो हुने थियो, विहान भएर सुरक्षित रुपमा घरबाट निस्कन सक्यौै’ उनले भने ।

सशस्त्र, जनपद र सेनाले डुङ्गा लिएर वस्तीमा गएर स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा पुगाएको खड्काले बताए ।

रामपुरे टापु विपद् व्यवस्थापन समितिका अध्यक्ष ममता मगर बस्तीमा बाढी पसेपछि अन्य स्थानीयसंगै सुरक्षित स्थानमा आइन् । जनज्योति माध्यमिक विद्यालय आएपछि उनी जोगबुडा नदीको बाढी रोक्ने काममा लागिन् । वडा कार्यालय, सुरक्षाकर्मी र स्थानीयले कट्टा हालेर जोगबुडाको बाढी रोक्न प्रयास गरेका छन् । अध्यक्ष मगर सहित समितिका सदस्यहरु सबै नदी किनारमा बाढी रोक्न सक्रिय छन् ।

अध्यक्ष मगरले जोगबुडा नदीले वर्षौदेखि क्षति गर्दै आएको बताइन् । ‘धेरै भई सक्यो, हामी नजन्मदै देखि हो, शायद हाम्रो बुवा आमा जन्मन भन्दा पनि पहिलादेखि होला, ‘हरेक वर्ष आउँछ, ४÷५ पटक आई रहन्छ,’ उनले भनिन्,‘पहिला कम आउँथ्यो, क्षति कम हुन्थ्यो, चार पाँच वर्षदेखि भयो धेरै क्षति हुन्छ ।’

अध्यक्ष मगरले आफूहरुले वर्षाैदेखि नदी नियन्त्रणको माग गर्दै आए पनि सुनुवाई नभएको बताइन् । जोगबुडा नदी किनारका वासिन्दालाई बैशाखदेखि कार्तिकसम्म बाढीको त्रास हुने अध्यक्ष मगरले बताइन् । ‘बैशाख सुरु भएपछि हामीलाई त्रास भई हाल्छ, डर लागि हाल्छ, असोज कार्तिकसम्म त्रासमा हुन्छौ’ उनले भनिन् ।

जोगबुडा नदी किनारका जर्का, रामपुरे टापु र टलटले बस्तीका वासिन्दा बाढीको सधैं जोखिममा हुने गरेको उनी बताउँछिन् ।

विपद् व्यवस्थापन समितिले नदी किनारमा वृक्षारोपण गरेको र वासिन्दालाई पूर्व तयारीका लागि सचेतना जगाइएको अध्यक्ष मगरले बताइन् ।

दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जोगबुडा नदीको नियन्त्रणमा राज्यको ध्यान पुग्नै नसकेको बताए । ‘कुतियाकवर, पटराखल्ला र महाकाली नदीमा मात्रै राज्यको ध्यान छ, हाम्रो यहाँ त ध्यान नै छैन’ उनले भने, ‘बलियो तटबन्धन नभएसम्म समस्या आइ रहन्छ ।’

जनस्रोत तथा सिँचाई विकास डिभिजनले गत वर्ष रामपुरे टापुमा बनाएको ७३ मिटर तटबन्धको दक्षिणतिरको भाग भत्काएर बाढी वस्तीमा पसेको हो ।

सुदूरपश्चिम सरकारले गत वर्ष जोगबुडा नदी नियन्त्रणका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो । त्यहीं बजेटको १६ लाख खर्चेर तटबन्ध बनाइएको हो ।

बाढीले तटबन्ध भत्काएपछि बाढी वस्तीमा पसेको छ । वडा कार्यालयले सुरक्षाकर्मीका सहयोगमा कट्टा हालेर बाढी रोक्ने प्रयास गरेको छ ।

‘यसलाई कट्टा हालेर रोक्ने प्रयास गरेका छौ, यसको माथि अब ग्राभेल हाल्छौ’ वडा अध्यक्ष क्षेत्रीले भने,‘यी कट्टाहरु विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको हो ।’

जोगबुडा नदीको बाढी वस्ती आएपछि डुबान भएर उनीहरु सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए ।

समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरले बाढी प्रभावित परिवारलाई प्राथमिक चरणमा अस्थायी आवासको व्यवस्था गरिएको बताए ।

           

Himal dental
सम्बन्धित
Loading...