

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयमा हिज्जे प्रतियोगिता गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको एउटा समूह र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु अर्को समूह बनाई छुट्टाछुट्टै प्रतियोगिता सञ्चालन गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरु बिच ४ वटा समूह विभाजन गरी सञ्चालन भएको प्रतियोगितामा ऐलो हाउस प्रथम, ग्रिन हाउस द्वितीय, ब्लु हाउस तृतीय र रेड हाउस चौथो भएका छन् ।

यसैगरी कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुबिच भएको प्रतियोगितामा ग्रिन हाउस प्रथम, रेड हाउस द्वितिय, ऐलो हाउस तृतीय र ब्लु हाउसले सान्तवना स्थान हासिल गरेको छ ।
नियमित पढाईको साथसाथै अतिरिक्त क्रियाकलापहरु मार्फत विद्यार्थीहरुको ज्ञानको दायरालाई फराकिलो बनाउन उक्त प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताए ।

