ghar sansar

महिलामैत्री विपद् र जलवायु परिवर्तन नीति बनाउनु पर्ने माग गर्दै गृहमन्त्री लेखकलाई बुझाइयो ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । विपद् र जलवायु परिवर्तनका असरबाट पर्ने असर न्यूनीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउन माग गर्दै गृहमन्त्री रमेश लेखकलाई महिलाहरुले मागपत्र बुझाएका छन् ।

गृह जिल्ला आएका गृह मन्त्री लेखकलाई शनिबार विहान गैर सरकारी संस्था सञ्जीविनी नेपाल आवद्ध महिलाहरुको समूह सुदूरपश्चिम पैरबी महिला सञ्जालले मागपत्र बुझाएको छ ।

,orning glory badhai

सञ्जालका महासचिव शिला रैकाको नेतृत्वमा सञ्जीविनी नेपालका कार्यकारी निर्देशक नितु भट्ट सहित सञ्जालका महिलाहरुले विभिन्न माग समावेश गरिएको माग पत्र बुझाइएको छ ।

महिला, बालबालिकाको हक अधिकार वकालतका लागि दुई वर्ष अघि सञ्जाल गठन गरिएको छ । भीमदत्त नगरपालिकाका सबै १९ वडामा सञ्जाज गठन गरिएको छ ।

गृहमन्त्री लेखकले माग पत्र बुझ्दै विपद्, जलवायु परिवर्तनका असरबाट महिला र बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने भएकाले सरकार आवश्यक नीति कानुन र योजना बनाउने बताए । ‘सरकारले यसमा ध्यान दिन्छ, यो काम सरकारको हो’ गृहमन्त्री लेखकले भने ।

भीमदत्त नगरपालिकामा सञ्जालले विपद् पूर्व तयारी, राहत वितरण लगायतका कार्य गरि रहेको सञ्जीविनी नेपालका कार्यकारी निर्देशक भट्टले बताइन् ।

dirghayi clinic

ज्ञापन पत्रमा सहस्राब्दी विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्म जलवायु कार्य गर्ने प्रतिवद्धता जनाएको स्मरण गर्दै संस्थाले जलवायु अनुकूलनका लागि महिला सशक्तिकरण परियोजना सञ्जालन गरेको जानकारी दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जलवायु परिवर्तनको क्षेत्रमा स्पष्ट कानुनी व्यवस्था नभएको, भीमदत्त नगरपालिकामा बाढी र डुबानको समस्याको रुपमा चित्रण गरिएकाले छुट्टै शाखाको रुपमा राखिनु पर्ने, जलस्रोत र वनमा आश्रित समुदायको रोजगारीको विकल्प खोजिनु पर्ने, महिलालाई बैकल्पिक रोजगारी, विशेष हेरचाह र परामर्शको प्रबन्ध गरिनु पर्ने लगायतका माग ज्ञापन पत्रमा समावेश गरिएका छन् ।

विपद्को समयमा महिला मैत्री प्रतिकार्य र पूर्व तयारीका लागि नीति व्यवस्था गरिनु पर्ने, गर्भवती, सुत्केरी, एकल, असहाय, विपन्न महिलाका लागि विशेष व्यवस्था, सुरक्षित स्थानमा आश्रयस्थल निर्माण, महिलाहरुका लागि स्वास्थ्य सेवा, परामर्श, पोषणको व्यवस्था, कार्बन उत्सर्जन न्यूनीकरणका लागि विद्युतीय सवारी र वैकल्पिक उर्जा प्रद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिन पर्ने माग गरिएको छ ।

नदीनालाको अवैध दोहन नियन्त्रण, तटबन्ध निर्माण, र हरियाली प्रवद्र्धनका लागि प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गरिनु पर्ने, जैविक विविधता संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन, महिलामैत्री बजार अवधारणा अनुसार महिला व्यवसायीहरुका लागि शौचालय, बत्ती, सुरक्षा लगायतका व्यवस्था गरिनु पर्ने, बजेट बाँडफाँटमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन शीर्षकमा बजेट छुट्याउन पर्ने लगायतका मागहरु पनि मागपत्र समावेश छन् ।

सञ्जीविनी नेपालका दिपकराज जोशीले मागपत्र बाचन गरेपछि गृहमन्त्री लेखकलाई बुझाइएको छ । सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापा पनि गृहमन्त्री लेखकसंगै उपस्थित थिए ।

गृहमन्त्री लेखकलाई माग पत्र बुझाएपछि भीमदत्त नगरपालिका १३ का बसन्ती खड्काले आफूहरुको माग सम्बोधन हुने अपेक्षा भएको बताइन् ।

‘आज गृहमन्त्रीज्यूलाई माग पत्र बुझाएका छौ, मेरो १३ नम्बर वडामा पनि समस्या छन्, धेरै समस्या छन्, यी पूरा होलान भन्ने आश छ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...