
शिक्षक हित सहकारीको साधारण सभामा एसइई र एसएलीमा उत्कृष्ठ जीपिए ल्याउने शेयर सदस्यका सन्तानलाई नगद पुरस्कार सहित सम्मान


महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक साधारण सभामा एसई र एसएलसीमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
सहकारीको १३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा एसइई र एसएली दुबैमा उत्कृष्ट नतिजा जीपीए ल्याएर उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा एसईईका उत्कृष्ठ छात्रतर्फ रजत जोशी र छात्रामा लुजा पाण्डेयलाई सम्मानित भएका छन् ।
रजत जोशी शेयर सदस्य चुडामणी जोशी र लुजा छविराज पाण्डेयकी छोरी हुन् । जोशीले ३ दशमलव ९६ र पाण्डेयले ३ दशमलव ३८ जीपीए ल्याएका छन् एसएलसी अर्थात कक्षा १२ को परीक्षामा उत्कृगठ नतिजा ल्याउने प्रकृति भट्ट र साहिल बमलाई सम्मान गरिएको छ ।

बम शेयर सदस्य गीता बमका छोरा र भट्ट शेयर सदस्य महादेब भट्टकी छोरी हुन् । बमले ३ दशमलव ९६ र भट्ट ३ दशमलव २९ जीपीए ल्याएका छन् ।
कार्यक्रमका प्रमुख जिल्ला बचत तथा ऋण संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, सहकारीका अध्यक्ष बहादुर चन्द लगायतले विद्यार्थीलाई पुरस्कार सहित सम्मान पत्र प्रदान गरे ।
सहकारीका अध्यक्ष चन्दको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा असल बचतकर्ता, असल ऋणी र सेवा निवृत्त सहकारी आवद्ध शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।
असल बचकर्तामा मिना चन्द, भोजराज भट्ट, असल ऋणी रमेशराज पन्त, जानकी कुमारी साउँदलाई सम्मान गरिएको छ ।
सेवा निवृत्त हुने शेयर सदस्यहरु लक्ष्मी जोशी, खडक सिह ऐडी, नारायण गिरी र टंक प्रसाद अवस्थीलाई सम्मान गरिएको छ । उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको छ ।
सहकारीका सचिव हर्क बहादुर चन्दले विगतदेखि एइईई, कक्षा १२ का उत्कृष्ठ विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई सम्मान गर्र्दै आएको बताए ।
