ghar sansar

संयमित र एकताबद्ध भएर देशलाई देशलाई शान्ति, स्थिरता र पुनर्निर्माणतर्फ अघि बढाउन कञ्चनपुरका राजनीतिक दलहरुको आव्हान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरका राजनीतिक दलहरुले जेन जी आन्दोलपछि उत्पन्न जटिल राजनीतिक परिस्थतिमा मुलकलाई शान्ति, स्थिरता र पुनर्निर्माणतर्फ अघि बढाउन सबै पक्ष संयमित र एकताबद्ध भएर अघि बढ्नु आव्हान गरेका छन् ।

अन्तरिम सरकार गठन भएपछि दलहरुले संयुक्त विज्ञप्ति जारी गरी। मुलुकको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीलाई नयाँ ढंगले सुनिश्चित गर्ने दायित्वमा सबै गम्भीर बन्नु पर्नेमा जोड दिएका हुन् ।

,orning glory badhai

“यो विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूबाट सुरु गरिएको पहल स्वागत योग्य छ,” दलहरुको विज्ञप्तिमा भनिएको छ, “संवाद र परामर्श मार्फत नै समाधान खोज्नु पर्छ । त्यसका लागि नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य हुन्छ ।’

दलहरुले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न उनीहरुका परिवारलाई समवेदना दिएका छन् ।

आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई जोडदार माग गरेका छन् ।

dirghayi clinic

नेताहरूले नेपाली सेना सहितका सुरक्षा निकायहरूले शान्ति र सुरक्षा कायम गर्न गरिरहेको प्रयासलाई सराहना गर्दै जेनजी पुस्ताको भावना बमोजिम संवाद प्रक्रियालाई निष्कर्षमा पु¥याउन सबै पक्षलाई आग्रह गरेका छन् ।

संविधान सम्मत र वैधानिक बाटोबाटै लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्न सबैलाई आह्वान समेत गरेका छन् ।

जेनजी आन्दोलनको भावना विपरीत केही अराजक समूहले घुसपैठ गरी सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरेको घटनाप्रति नेताहरूले खेद प्रकट गरेका छन् ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका छन् ।

काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिह, एमाले उपाध्यक्ष जनकराज अवस्थी, नेकपा माओवादी केन्द्र का आनन्द सिंह धामी र एकीकृत समाजवादीका देवदत्त जोशीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...