

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकी व्यारेल चेकपोष्टबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भीनपा १८ जानकी टोलका आशिष नेपाली र सोही ठाउँका अर्जुन दमाईलाई ७२ पिस ब्युफ्रेनोफाइन हाइड्रोक्लोराइड र ९० पिस प्रोमेथाजाइन हाइड्रोक्लोराइड सहित पक्राउ गरेको छ ।

दुबै जनालाई पक्राउपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

