ghar sansar

बेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवि, समाजसेवी, खेलाडी तथा स्थानीय सहभागी भएका छन् ।

,orning glory badhai

dirghayi clinic

कार्यक्रममा नगर प्रमुख भोजराज बोहराले आर्थिक तथा भौतिक चुनौतीबीच पनि वेदकोट नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तरता दिइरहेको बताए । उनले पछिल्लो समय सम्पन्न विभिन्न प्रतियोगिताले खेलप्रति युवाहरूको आकर्षण बढाएको उल्लेख गर्दै आगामी वर्षमा अझ भव्य रूपमा मेयर कप सञ्चालन गरिने जानकारी दिएका छन् ।

बेदकोट नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले खेलकुदले युवाहरूलाई अनुशासन, सद्भाव र एकता सिकाउने बताउँदै नगरपालिका भित्रका खेल मैदानलाई व्यवस्थित गर्दै खेल गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले पनि मेयर कप जस्ता प्रतियोगिताले नगरपालिका स्तरमै प्रतिभा पहिचान र विकास गर्न मद्दत पु¥याउने बताउँदै सबै टोलीलाई निष्पक्ष खेल र खेल भावनाका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिए ।

 

Himal dental
सम्बन्धित
Loading...