

महेन्द्रनगर । नेपाल डेमोक्रेटीक लयर्श एशोसिएशन (डीएलए) कञ्चनपुरले एशोसिएशनको ३६ औ स्थापना दिवस तथा १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

एशोसिएशनका जिल्ला अधक्ष्य देबराज पन्तको अधक्ष्यतामा भएको कार्यक्रमम नेपाल बार काउन्सिलका पार्षद टेक बहादुर कठायत प्रमुख र एशोसिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष भुपेन्द्र बहादुर बिष्ट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा जिल्ला बारका अध्यक्ष नरेन्द्र बहादुर सिंह, पूर्व केन्द्रिय सदस्य उद्धब राज भट्ट, पिपीएलएका केन्द्रिय सदस्य तथा जिल्ला अध्क्ष्य भोजराज पाठक लगायत सहभागी थिए ।
कार्यक्रममा पूर्ब केन्दिय उपाध्यक्ष सहित सदस्यहरु र पूर्र्व जिल्ला अध्यक्षलाई सम्मान गरियो । साधारण सभाले पेश भएको बार्षिक दन अनुमोदन लगायत बिबिध बिषयमा छलफलगर्नुको साथै आगामी कार्य योजना पारित गरेको छ ।

