

महेन्द्रनगर । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका राष्ट्रिय राजनीतिका पाका नेता डा. भीम रावल र नेपाली कांग्रेस (विपी)का नेता कर्णबहादुर मल्लबीच धनगढीमा भेटवार्ता भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएपछि सुदूरपश्चिम आएका डा. रावलसँग भेटघाट गर्न नेता कार्यकर्ताहरुको भिड लागेको छ । सुदूरपश्चिम प्रदेशसभाका पुर्व सदस्यसमेत रहेका विपी कांग्रेसका नेता मल्लले डा. रावलसँगको भेटघाटका क्रममा सुदूरपश्चिमबासीहरुको आशा जोगाएर चाँडै विद्यमान संकटबाट मुलुकलाई निकास दिन आग्रह गरेका छन ।

सुदूरपश्चिममा वामआन्दोलनको अगुवाई गर्दै नेकपा (एमाले) को उपाध्यक्ष र मुलुकको उपप्रधानमन्त्री भएका नेता डा. रावललाई अध्यक्षमा प्रतिष्प्रर्धा गरेको प्रतिसोधमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासन गरेपछि मातृभूमी जागरण अभियान गठन गरेर क्रियासिल रहेका थिए । अभियानले नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेको हो ।
सुदूरपश्चिमबाट लामो समयदेखि राष्ट्रिय राजनीतिमा क्रियासिल डा. रावलले मुलुकमा विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल र राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर अघि बढनुपर्ने औल्याएका छन । भेटघाटका क्रममा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशस्तरीय नेता कार्यकर्ताहरुको पनि उपस्थिति थियो ।

