ghar sansar

विषम परिस्थितिबाट देशलाई बाहिर ल्याउन एक ठाउँमा आयौ – नेता रावल

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता डा भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताएका छन् ।

dirghayi clinic

यही मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताए ।

,orning glory badhai

नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुआत सुदूरपश्चिमबाट हुन लागेको बताए । सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ ।

उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो । प्रदेश स्तरीय एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...