ghar sansar

नेकपा घोषणापछि तत्कालिन माओवादी समाजवादीका नेताहरु एक ठाउँमा

little buddha academy
khasi

महेन्द्रनगर । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि माओवादी र समाजवादीका नेताहरु मंगलबार एकै ठाउँमा देखिएका छन् ।

नेकपाले मंसिर १२ गते धनगढीमा आयोजना गर्न लागेको एकता सन्देश सभा छलफलका लागि भीमदत्त नगरपालिकाको सभा कक्षमा गरिएको विस्तारित बैठकमा सहभागी भएका छन् ।

,orning glory badhai

बैठकमा तत्कालिन माओवादी र समाजवादीको भीमदत्त नगर कमिटीका पदाधिकारी र सदस्य सहभागी भए । यसैगरी दुबै दलका नेताहरुले सहभागी भएर बैठकलाई सम्बोधन गरे ।

तत्कालिन माओवादी र समाजवादी सहितका १० कम्युनिष्ट पार्टीबीच कार्तिक तेस्रो साता पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएको थियो । त्यसपछि भीम रावल नेतृत्वको मातृृभूमि जागरण अभियान लगायतका अन्य दल पनि पार्टीमा समाहित भएका छन् ।

dirghayi clinic

नेकपाका नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलले धनगढीमा हुने एकता सन्देश सभा अघि तत्कालिन दुबै दलका नेताहरुको सहभागितामा सभा तयारीका लागि छलफल गर्न बैठक बसेको बताए ।

‘पार्टी एकता घोषणापछि सबै प्रदेशमा एकता सभा गर्ने कार्यक्रम छ, त्यस अनुसार सुदूरपश्चिममा मंसिर १२ गते सभा हुँदैछ, त्यसको तयारीका लागि आज छलफल गरी जिम्मेवारी बाँडफाँट गरिएको छ’ उनले भने,‘कञ्चनपुरबाट सभामा बढी भन्दा बढी सहभागिता गर्छौ, त्यसका लागि आज घनीभूत छलफल भयो ।’

बैठकमा नेकता नेता पूर्व साँसद शेर बहादुर कुँबर, पूर्व मन्त्री प्रकाश रावल, मायादेबी नेगी लगायत नेताहरुले सम्बोधन गरे ।

नेकपा घोषणापछि दुबै दलका नेताहरु पहिलो पटक औपचारिक रुपमा एक ठाउँमा बसेका हुन् ।

नेकपा नेता रावलले एकता सन्देश सभाका लागि सुदूरपश्चिमका सबै पालिकामा विस्तारित बैठक गर्न लागिएको बताए ।
एकता सन्देश सभा तयारीका लागि नेता डा. भीम रावलको नेतृत्वमा समिति गठन गरिएको छ ।

नेकपा घोषणापछि कञ्चनपुरमा तत्कालिन माओवादी केन्द्रका जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट र समाजवादीका नेता उर्वादत्त पन्त एकता बाहिर बसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...