ghar sansar

विद्यार्थीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि माइती नेपालको अनुशिक्षण

little buddha academy
khasi

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा भीमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालय कक्षा ६ र ७ मा अध्ययनरत ५५ जना विद्यार्थी किशोरकिशोरीहरुलाई “प्रविधिको सही प्रयोग गरौःं लैङ्गिक हिंसा अन्त्य गरौं ।” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण प्रदान गरेको छ ।

सिमा क्षेत्रमा बसोबास गर्दै आएका किशोरकिशोरीहरुलाई समेट्ने गरी प्रशिक्षित गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् । संयोजक भट्टले भनिन्, “पछिल्लो समयमा मानव बेचबिखनको भयावह स्वरुप देखापरेको छ । त्यसमा पनि दलालहरुले गरिब, पिछडिएको र सिमा क्षेत्रमा बसोबास गर्दै आएका समुदायका किशोरकिशोरी र महिलालाई बढी टारगेट गरिएको पाईएको हुँदा सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको छ ।”

,orning glory badhai

dirghayi clinic

अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा मायाप्रेम सम्बन्ध, मोबाइल फोन लगायत सामाजिक सञ्जाल, फेसबुकको दुरुपयोग मानव बेचबिखनका आधारभूत कारण हुन् भने घरेलु हिंसा तथा लैङ्गिक बिभेदका कारण पनि मानव बेचबिखनका कारण बन्ने गरेका छन् । घरेलु हिंसामा परेका महिलाहरुलाई सजिलै दलालहरुले फसाउन सक्छन् । आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारतसम्म पु¥याउँछन् । खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको संयोजक भट्टले बताइन् ।

यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरीरका विभिन्न अंग झिक्नु मानव बेचबिखनको मुख्य उद्धेश्य रहेको बताउदै संयोजक भट्टले परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागि हुने हुदाँ मानव बेचबिखन रोकथाममा चुनौती भएको जानकारी दिइन्  ।  कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधानका बारेमा सहभागिहरुलाई जानकारी गरार्ईएको छ ।

माइती नेपालले हामी जस्ता जोखिममा पर्न सक्ने किशोरकिशोरीहरुलाई लक्षित गरि मानव बेचबिखन विरुद्ध सचेत पार्नु भएकोमा धन्यवाद व्यक्त गर्दै हाम्रो वरपर कही कतै मानव बेचबिखन तथा हिंसाका घट्नाहरु घटेको देखेमा सम्बन्धीत निकायलाई जानकारी गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...